सरकार र आमसन्चार प्रतिष्ठानहरुलाई न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्षको आग्रह !



न्युज अफ नेपाल, काठमाडौँ ।

देश यतिबेला कोरोना भाइरसका कारण गम्भीर संकटमा छ । सरकारले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि लकडाउन गरेको छ ।यो अबस्थामा सरकारले विभिन्न समुदाय र बर्गको लागि राहत प्याकेज पनि घोषणा गरेको छ । श्रमजीवी पत्रकारहरु अहिलेको खराव र जोखिमपूर्ण अवस्थामा आफ्नो ज्याननै जोखिममा राखेर आम नागरिकलाई सुसूचित गर्ने,यो जोखिमबाट निकास दिलाउनका लागि कार्यस्थलमा अहोरात्र खटिरहेका छन ।उनिहरु अहिले फ्रन्टलाईनमा रहेर काम गर्नु पर्ने अवस्था छ र गरिरहेका पनि छन् ।

तर सरकारले घोषणा गरेको राहत प्याकेजमा उनिहरुका सम्बन्धमा केही बोलिएको छैन ।सरकारले घोषणा गरेको राहत प्याकेजमा श्रमजीवी पत्रकार र आम सन्चारमाध्यम छुटेको हुदा यसका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न अपिल गरिन्छ । त्यसै गरि श्रमजीवी पत्रकारहरुको स्वास्थ सुरक्षाकालागी पनि सरकारले आवश्यक ध्यान दिन अनुरोध छ ।

 

कार्यस्थलमा खटिएका श्रमजीवी पत्रकारहरुको स्वास्थ्य सुरक्षा लगाएतका विषयमा सम्बन्धित आमसन्चार प्रतिष्ठान थप गम्भीर बन्न र आबश्यक प्रबन्ध मिलाउन अनुरोध छ । यसैगरी यो संकटपुर्ण घडीमा कतिपय श्रमजीवी पत्रकारहरुले समयमै पारिश्रमिक नपाउदा आर्थिक समस्या झेल्नुपरेको गुनासो आएकोले सम्बन्धित आमसन्चार प्रतिष्ठानका ब्यबस्थापनलाई यो घडीमा मानवीय हिसाबले समेत यो समस्याको समाधान गर्न आग्रह गरिन्छ ।

 

त्यस्तै गरि चरा र पखेटाका रुपमा रहेका आमसन्चार माध्यम र श्रमजीवी पत्रकार हरुका लागि विशेष आर्थिक राहत प्याकेजको घोषणा गर्न सरकारसङ्ग आग्रह गर्दै सरकारले आमसन्चार उधोगलाई सरकारको प्राथमिकतामा राखी सेवा उद्योगका रुपमा मान्यता दिई नविकरण र कर छुट को ब्यबस्था मिलाउन जरुरी छ ।अहिले खासगरी मोफसल र श्रमजीवी हरुले संचालन गरेका स्वरोजगार मुलक र साना लगानी का मिडिया थप आर्थिक संकटमा छन ।

 

उनिहरुका लागी पनि राज्यका तर्फबाट ठोसआर्थिक राहतको जरुरी छ । साथै यो संवेदनशिल अवस्था मा कार्य क्षत्रमा खट्ने सबै श्रमजीवी पत्रकारलाई आत्म सुरक्षा प्रती सतर्कता र सवधानी अपनाउन अपिल गर्दै यो विषम परिस्थितिको बेलामा हामी सबै सहकार्य गर्दै जिम्मेवारी पुर्वक संकटको सामना गर्नुको विकल्प छैन । तसर्थ यो घडीमा आमसन्चार र श्रमजीवी पत्रकार थप जिम्मेवार र संबेदनशिल बन्दै सत्य ,तथ्य ,सकारात्मक र जनता आतन्कित बनाउने नभई जिम्मेवार एबम आशा जगाउने समाचार सप्रेषित गरौ ।

प्रतिक्रिया दिनुहोस्