भरुवा बन्दुक पड्किँदा घाइते    



गोरखा ।

आफैले बोकेको भरुवा बन्दुक पड्किँदा बारपाक सुलीकोट गाउँपालिका-७ अमले बस्ने ५८ वर्षीय तुल बहादुर गुरुङ मंगलबार साँझ घाइते भएका छन् ।

घर नजिकैको जंगलमा बाघलाई तर्साउन भनी भरुवा बन्दुक लिई गएकोमा उक्त बन्दुक आफै पड्किँदा गुरुङ घाइते भएको   खबर प्राप्त हुनासाथ प्रहरी चौकी घ्याम्पेसालबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पतालतर्फ पठाएको छ । साथै घटनास्थलबाट प्रहरीले भरुवा बन्दुक १ थान बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्