कोरोनाको आशंकामा एक जना आईसोलेशनमा



दयाराम पण्डित, बाजुरा ।

कोरोनाको आशंकामा जिल्ला अस्पताल बाजुराले मंगलवार देखि एक जनालाई आईसोलेसन कक्षमा भर्ना गरेको छ । कोरोना भाइरस (कोभिड १९) को सामान्य लक्षण देखिएपछि १६ वर्षे एकजना किशोरलाई जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएकोहो । ज्वरो १सय डिग्री भन्दामाथि तापक्रम र सुख्खा खोकी पनि देखिएकोले आइसोलेसनमा भर्ना गरेको जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी चुणामणी पन्तले जानकारी दिनुभएको छ। कोरोनाको शंकास्पद भनिएका किशोरको अबस्था सामान्य रहेको छ ।
उनको नमुना संकलन गर्ने तयारी भैरहेको छ । स्वाप परिक्षणका लागि आजै प्रादेशिक प्रयोगशाला धनगढी पठाइने सुचना अधिकारी पन्तले जानकारी दिनुभएका छ । कुनै प्रकारको अन्य संक्रमण पनि हुनस सक्छ त्यसैले यो नै हो भनेर सक्ने अवस्था छैन । परिक्षणपछि मात्र जानकारी हुने स्वास्थ्य चिकित्सकले बताएका छन्
आइसोलेशनमा रहेका किशोर एक हप्ता अघि भारतवाट आएकाथिए । उनलाई गौमुल गाउँपालिकाको घटमुना स्थित क्वारेनटाइममा राखिएका थिए । अत्यधिक ज्वरो आएपछि क्वारेन्टाइमबाट सिधै जिल्ला अस्पताल बाजुरामा पठाएको गौमुल गाउँपालिकाका अध्यक्ष हरीवहादुर रोकायाले बताउनुभएको छ । आइसोलेनमा भर्ना गरिएका किशोरको नाम अस्पतालले गोप्य राखेको छ ।

यसैवीच विश्वमा महामारीका रुपमा फैलिएको कोरोना संक्रमण वाट बच्न जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्न पन्तकाअनुसारः बाजुराका १८ स्थानमा हेल्पडेस्क निर्माण गरिएका छन् ।

१० स्थानमा क्वारेन टाइन स्थापना गरिएको छ । जिल्ला समन्वय समितीको समीक्षालयमा १०,जिल्ला अस्पतालमा दुई, कोल्टी स्वास्थ्य केन्द्रमादुई गरी जम्मा १४ बेडका आइसोलेसन कक्ष निर्माण गरिएका छन् । हालसम्म ५९१३ जनाको सामान्य स्वास्थ्य परिक्षण गरेको छ भने जसमा ४८७ जना भारतबाट आएकाहुन् ।

स्वास्थय प्रमुख पन्तले भन्नुभयो “ हाल सम्म ५९ जना क्वारेनटाइनमा छन् । जिल्लाभरी इन्फ्ररी थर्मा मिटर ६ वटा छन् । पिपि ई सेट ५ वटा मात्र छन् कम्तीमा २८ वटा थर्ममिटर र १०० थान पीपीइ सेटको ( प्रसनल प्रोटेकट इक्युपम्यान्ट )तत्काल आवस्यकता छ । एक पिस थर्म मिटर र ४ हजार थान माक्स १५सय थानग्लोभ्स र ६० वटा गाउन प्राप्त भएका छन् ।”आजै जिल्ला विपद ब्यबस्थापन समितीको बैठकमा समीक्षा गरी सामाग्री वितरण गरिने स्वास्थय प्रमुख पन्तले जानकारी गराउनुभएको छ। ।
आवस्यक उपकरण सामग्री व्यवस्थापन नहुंदा केहीदिन अघि बडीमालिका नगरपालिकाले बजारवाट कम्मल म्याट लगायतका सामग्रीजोहोगरेको । मालिमा माद्यमिक विद्यालय भवनमा क्वारेनटाइममा राखिएकाहरुका लागी फ्रिवाइफाइको ब्यबस्थापन लगायत आबस्यक खेलकुदको व्यस्थापन गरेको बडीमालिका नगरपालिका प्रमुख पदम बडुवालले बताउनुभएको छ।
त्यसैगरी पिपिए सेट नहुंदा गौमुल गाउँपालिकाले स्थानीय श्रोतसाधानको प्रयोग गरी हेलमेट, माक्स र गावन आफैले बनाएर वितरण गरेको गौमुल गाउँपालिकका अध्यक्ष हरिवहादुर रोकायाले बताउनुभएको छ ।
लकडाउनको आठौ दिन बाजुराका बजार क्षेत्र सुनसान देखिन्छन् भने प्रहरीले लकडाउनको नियम उलंघन गर्ने केहीलाई नियन्त्रणमा लिएको छ । लकडाउन उलंघन नगर्न र कोरोनावाट बच्न जनचेतनामुलक सन्देस सहित माईकिङ्ग गर्दै आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएस्पी टंकप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।
जिल्ला अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुले एक सातादेखि बहिरंग सेवा बन्द गरी आकस्मीक कक्ष मात्र खुला गरेका छन् । यसको मार अन्य विरामीले खेप्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस्