अमेरिकामा शक्तिशाली भुकम्प



लस एन्जलस (एजेन्सी)।

अमेरिकाको आइदाहो राज्यमा ६ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भुकम्प महसुस गरिएको छ । भुकम्पबाट धनजनको क्षति भएको तत्काल कुनै समाचार आएको छैन ।

भुकम्पको धक्का मंगलबार साँझ करिब २० देखि ३० सेकेन्डसम्म महसुस गरिएको हो । भुकम्पको केन्द्र राज्यको राजधानी बोइजबाट उत्तर पुर्वमा पर्ने पर्वतिय क्षेत्रमा थियो ।

प्रतिक्रिया दिनुहोस्