भारत संक्रमणको चेपेटामा फस्दै



नयाँदिल्ली (एजेन्सी) ।

विश्वभरी त्रासदी फैलाइरहेको कोरोना भाइरसको चपेटामा भारत पनि फँस्दै गइरहेको देखिन थालेको छ । मंगलबार भारतमा कोविड १९ संक्रमणको ३ सय १५ घटना आयो ।

एक दिनमा ३ सय भन्दा बढी संक्रमित देखिएको यो पहिलो हो । सोमबारको तुलनामा कोविड १९ पोजिटिवको यो आंकडा करिब दुईगुणा हो । यसले भारतमा कोरोना भाइरस संक्रमित कुल संख्या १ हजार ६ सय १८ पुगको छ भने मर्नेको संख्या ५२ पुगेको छ । भारतको यस संक्रमणबाट मृत्युदर अधिकतम मानिएको छ ।

 

विगत ३ दिनमा ६ सय २५ संक्रमित पुष्टि भएका छन् । देशमा तिब्र रुपमा फैलिरहेको भाइरसको यो ४० प्रतिशत बृद्धी हो । सबैभन्दा धेरै संक्रमण महाराष्ट्र्मा देखिएको छ जहाँ ३ सय २ जना यसको चपेटमा आइसकेको छ । त्यसपछि केरलमा २ सय ४१, तेस्रो तमिलनाडुमा १ सय २४ र चौथो देशको राजधानी दिल्ली १ सय २० संक्रमित छन् ।

 

महाराष्ट्र्मा एक दिनमा ८२ नयाँ संक्रमित देखिए भने त्यहाँ संक्रमित संख्या ३ सय नाघेको छ । यसबीच निजामुद्दिन दरगाहमा भेला भएको मुस्लिम समुहबाट राजधानीमा तिब्र संक्रमण फैलिन सक्ने त्रास बढेको छ । गत शुक्रबार उक्त धार्मिक स्थलमा ठुलो संख्यामा मुस्लिम जम्मा भइ सामुहिक प्रार्थनामा सहभागी भएको थिए ।

 

आसाम र झारखन्डमा पनि पहिलो संक्रमण पुष्टि भएको छ । भारतका प्रमुख सहरमा लकडाउनपछि त्यहाँका कामदारहरु आ आफनो घर फर्कने क्रममा ५० देखि १ सय भन्दा बढी किलोमिटरको दुरी तय गर्न पैडल यात्रा गरिरहेका छन् । केही सहरमा बसको ब्यवस्था गर्ने भएपछि असुरक्षित हजारौंको भिड जम्मा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्