महामारी भएको कि गराइएको ?



अरविन्द महतो

कोरोना भाइरसबाट सिर्जित विश्वव्यापी महामारी स्वाभाविक हो वा कसैले जानाजान उत्पन्न गराएको हो भन्ने विषयलाई लिएर थरिथरिका तर्क र अडकल बाजीहरु बाहिर आएका छन् । चीन र अमेरिकाबीच यस सन्दर्भलाई लिएर आरोप–प्रत्यारोप पनि चलेको छ ।

 

यीदुवै आरोपमा एक समानता छ, कोभिड– १९ पनिभनिने कोरोना भाइरस प्राकृतिक नभएर मानव निर्मित हो भन्ने कुरामा सहमति । प्रोटिन र बोसोबाट बनेको भनिएको यस भाइरसलाई मानव निर्मित भनेर स्वीकार गरिना साथ षडयन्त्रको गन्ध ह्वास्सै बाहिर प्रकट हुन्छ ।

 

गत डिसेम्बर अन्ततिर चीनको हुबेई प्रान्तस्थित उहान शहरमा देखिएको कोरोना भाइरस चीनले नै बनाएको हो भन्नेहरुको तर्क छ, अमेरिकालाई महाशक्तिबाट तल झार्नु र आफू महाशक्ति बन्नु उसको षडयन्त्रपूर्ण उद्देश्य हुनुपर्छ, त्यसैगरी अमेरिकालाई आरोप लगाउनेहरु भन्छन्– चीनको आर्थिक समृद्धि, भौतिक सफलता र राजनीतिक प्रभावबाट आत्तिएर उसले कोरोना भाइरस तयार पारेर चीनमा छोडिदिएको हो । चिनिया पक्षधरहरु ‘चीनले भाइरस बनाएको भए आफ्नै तीन–चार हजार नागरिकलाई मार्ने काम उसले कसरी गथ्र्यो !’ अमेरिकी पक्षहरुको तर्क छ, ‘चीनले नबनाएको भए विश्वका गैरकम्युनिष्ट वा पूँजीवादी मुलुकलाई मात्र तबाह पार्ने गरी भाइरस किन फैलिरहेको छ त !’

 

यस प्रकारको तर्क–कुतर्क गएको जनवरीदेखि नै विश्वव्यापी भएका छन् । त्यतिखेरै चीनले कोरोना भाइरस संक्रमणलाई लिएर अमेरिकाले आतंक सिर्जना गरेको आरोप लगाएको थियो ।अमेरिकाले स्वास्थ्य संकटकालको घोषणा गरेकै क्षण त्यस आरोपको खण्डन गर्दै दुई हप्ता यता चीन भ्रमण गरेका विदेशीलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा गर्यो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुङयिङले अमेरिकाको कदमले डर मात्र बढाउने बताएकी थिइन् ।

 

प्रवक्ता चुङयिङले कोरोना भाइरसका कारण करिब साढे तीनहजार नागरिक गुमाएको चीनलाई अमेरिकाले सहयोग गर्नुको साटो आतंकमात्र बढाउने काम गरेको बताएकी थिइन् । चीन भ्रमण गर्नेलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाउने र आंशिक रुपमा दूतावासका कर्मचारी फिर्ता गर्ने अमेरिका पहिलो देश बनेको थियो । अमेरिकाको निर्णयपछि अष्ट्रेलियाले पनि चीन भ्रमण गर्नेलाई प्रतिबन्ध लगायो ।

 

विश्व स्वास्थ्य संगठनले पनि आवागमनमा कडाइ गर्न आह्वान गरेपछि विस्तारै विश्वका दुई सय मुलुकहरु आज लकडाउनको अवस्थामा पुगेका छन् । २३ जनवरीमा अमेरिकाले अत्यावश्यक काम नभएका अमेरिकी नागरिक र उनीहरुको परिवारलाई उहानबाट स्वदेश फर्किन निर्देशन दिइरहँदा त्यस बेलायसलाई राजनीतिक कदमका रुपमा मात्र हेरिएको थियो, तर विस्तारै कोरोना भाइरसले महामारीको रुप लिएपछि राजनीति भन्दामाथि पुगेर यो मुद्दा मानवीय हुनपुग्यो ।

 

३० जनवरीमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका कारण स्वास्थ्य संकटकाल घोषणा गरेपछि अमेरिकाले चीनमा रहेका २१ वर्षमुनिका आफ्ना नागरिक र उनीहरुको परिवारका सदस्यलाई स्वदेश फर्किन निर्देशन दिएको थियो । हुवेई प्रान्तबाट फर्किने सबै अमेरिकी नागरिकलाई स्वदेश फर्किएपछि १४ दिन क्वारेन्नटाइनमा राखिएको थियो ।

 

त्यसपछि भने विश्वका सबै मुलुकले क्रमशःयही विधि अपनाएका छन्, विदेशबाट आउने कसैलाई पनि क्यारेन्टाइनमा नबसी सामान्य रुपमा घुलमिल गराउने गरिएको छैन । प्रायः सबैतिर नै स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ, तर पनि महामारीले सुख्खा जंगलमा लागेको डँडेलोको स्वरुप लिइसकेको छ । समृद्ध भनिएका मुलुकहरु नै विरामीको उपचार गर्न नसकेर तनाबमा छन् ।

 

कोराना भाइरस मानव निर्मित हो भने, कसले बनायो त ?चीन र अमेरिकाबाहेक अन्य मुलुकतिर आशंकाको नजरले अहिलेसम्म कसैले हेरेको छैन । चीलाई आरोप लगाउनेहरुको तर्क छ, चीनसँगै सिमाना जोडिएका उत्तर कोरिया र रसियालगायतका थुप्रै मुलुकमा यसको असर छैन, तर १२ हजार किलोमिटर टाढाका अमेरिका र युरोपमायसले तबाही मच्चाएको छ । पूँजीवादी छिमेकी दक्षिण कोरिया जो अमेरिकासँग नजिक छ, उसलाई भने कोरोनाले सताएको छ । बाहिरको कुरा मात्रहोइन, उहानबाट निकटमै रहेका चीनका अन्य ठूला शहर बेइजिङ, सांघाई आदिलाई पनि कोरोनाले प्रभावमा पार्न सकेन ।

 

पूँजीवादी मुलुकका शासक र सेलिब्रिटीसम्म क्वारेन्टाइनमा जाने र मृत्युसम्म बहन गर्ने अवस्थामा चीनमा भने उहानमै सामान्य मास्कका भरमा राष्ट्रपति सि जिङफिङले गतमहिना नै भ्रमण गरेर सबैलाई निर्देशन दिन सके । चीनलाई शंका गर्नेहरु भन्छन्– ऊसँग पहिला नै औषधि तयार हुनुपर्छ, जसले गर्दा खास समयपछि उसले कोरोना भाइरसका विरामीको उत्पादनमा पूर्ण रोक लगायो ।

 

गत केही सातादेखि चीनमाकोरोना संक्रमित घरेलु एउटै पनि बिरामी देखिएका छैनन्, पछिल्लो समय यस रोगका कारण जति मरेका छन्, बाहिरबाट चीन आएकाव्यक्तिहुन् भन्ने उसको भनाइ छ । साथै, चीनले कोरोनामाथिविजयप्राप्त गरेर आफ्नो शहरबजारलाई सामान्य रुपमाफर्काइ पनि सकेको देखिन्छ ।

 

चीनले तीनहजार चार सय नागरिक गुमाएको देखिएको अवस्थामा उसलाई नै यस अमानवीय घटनाको आरोप लगाउनु हुन्न भन्नेहरु पनि नभएका होइनन् । तर, शक्ति सन्तुलनमा परिवर्तन ल्याउनका लागि हुने विश्वका महायुद्ध हुन् वा अरु कुनै घटना मृत्यु स्वाभाविक जस्तै हुन्छ भन्नेहरु पनि छन् ।

 

कोरोना भाइरसका कारण सय रुपियाँमा बिक्ने शेयरको मोल ४० रुपियाँतिर आएको र अधिकांश शेयर चीनले नै खरिद गरेको देखिएको भन्दै टिप्पणीकारहरुले आशंकाको सुई चीनतिरै सोझ्याएका छन् । तर, सबल प्रमाण कोहीसँग पनि देखिन्न र भोलि पनि यस विषयको प्रमाण भेटिएला भन्ने आश गर्नु बेकार नै छ । यद्यपि भगवान बुद्ध भन्नुहुन्थ्यो, सबै कुरा तर्क र प्रमाणले मात्र सावित गर्न सकिन्न, मनको भावना सुन, त्यसले के भन्छ ?

प्रतिक्रिया दिनुहोस्