बामगती टिपर संघद्वारा दश टन चामल सहयोगको घोषणा



मोतीराम तिमल्सिना, काभ्रे । 

बाग्मती ट्रिपर ब्यवसायी संघले जिल्लाका विभिन्न स्थानमा तयार गरिएका क्वारेन्टाईनहरुका लागि १० टन चामल उपलब्ध गराउने घोषणा गरेको छ । साथै रिलायन्स फाईनान्स र बाग्मती टिपर ब्यवसायी संघको सहकार्यमा सुरक्षाकर्मीहरुका लागि आवश्यक पर्ने माक्स, स्यानिटाईजर र ग्लोब्स उपलब्ध गराईएको छ ।

‘निरन्तर नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीहरुका लागि रिलायन्स फाईनान्स र बागमती टिपर ब्यवसायी संघको तर्फबाट केहि थान माक्स, स्यानिटाईज र ग्लोब्स उपलब्ध गराउने निर्णय गरेका हौं’– नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य एवं बागमती टिपर ब्यवसायी संघका प्रमुख सल्लाहकार सुरकृष्ण बैद्यले भन्नभुयो–‘आवश्यक पर्ने अन्य सहयोगका लागि पनि तयार छौं ।’ बैद्यले उद्योग बाणिज्य संघ लगायत अन्य संघ संस्थाहरुको समन्वयमा अन्य सहयोग गर्ने बताउनु भयो ।

बागमती टिपर ब्यवसायी संघले क्वारेन्टाईनमा राखिएका नागरिकहरुका लागि जिल्लाभर १० टन चामल उपलब्ध गराउने निर्णय गरेको अध्यक्ष प्रेम लामाले बताउनु भयो । ‘जुन जुन स्थानीय तहमा क्वारेन्टाईन छन्, त्यहाँ राखिएका क्वारेन्टाईनमा राखिएका नागरिकहरुका लागि सामुहिक रुपमा चामल उपलब्ध गराउने गरी निर्णय गरेका छौं’–अध्यक्ष लामाले भन्नुभयो–‘सम्वन्धीत पालिकाहरुमा सोहि स्थानबाट चामल खरिद गरी पुर्‍याउने ब्यवस्था मिलाईएको छ । ’ १० टन चामल बराबर ५ लाख रुपैया हुनेछ । जिल्लामा अन्य खालको सहयोगका लागि पनि जिल्ला विपद ब्यवस्थापन समितिसँगको समन्वयमा सहयोग उपलब्ध गराउने अध्यक्ष लामाले बताउनु भयो ।

स्थानीय तहको अगुवाईमा डिसइन्फेक्सन

स्थानीय तहहरुले संक्रमण न्यूनिकरण तथा रोकथामका लागि डिसइन्फेक्सन स्पे्र छर्किरहेका छन् । धुलिखेल, बनेपा, पनौती, मण्डनदेउपुर, नमोबुद्ध, ाँचखाल तथा गाउँपालिकाहरुले डिसइन्फेक्सन स्प्रे छर्किसकेका छन् । पाँचखाल नगरपालिकाले कोरोनाको संक्रमण न्यूनीकरण तथा रोकथामका लागि डिसइन्फेक्सन स्प्रे छर्केको छ । नगरभित्र रहेको प्रत्येक वडाको मानिसहरु जमघट हुने पाँचखाल नगरपालिका, अरनिको राजमार्गको बजार एरियाबाट स्प्रे छर्किन सुरु गरिएको नगर प्रमुख महेश खरेलले जानकारी दिनुभयो ।

नगर प्रमुख महेश खरेल, प्रमुख प्रशसकीय अधिकृत लोक बहादुर भण्डारी, वडा अध्यक्षहरु अष्टबहादुर तामाङ, हरि खतिवडा, सन्जय तामाङ, सुन्दर अधिकारी, सुन्दर तामाङ, स्थानीय कुमार लामिछने, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, स्वास्थ्य प्रमुख उज्वल अधिकारी, नगरपालिका कर्मचारी, सशस्त्र प्रहरी पाँचखाल लगायत विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पाँचखालमा रहेको शशस्त्र प्रहरीको सहयोग रहेको थियो ।

त्यस्तै बेथान्चोक गाउँपालिकाका सबै वडाहरुमा स्प्रे छर्ने काम सम्पन्न भएको छ । वडा नम्वर १ देखि ६ सम्मका सबै शहरी तथा बस्तिहरुमा स्प्रे गरिएको हो । स्थानीय राजनीतिक दल, विभिन्न संघ संस्थाको समन्वयमा उक्त अभियान शुरु गरिएको वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले जानकारी दिनु भयो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा, वडा अध्यक्षहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सोहि अवसरमा विपद ब्यवस्थापनको बैठक आयोजना गरी कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापनबाट बच्न अवलम्वन गर्नु पर्ने उपायहरुका बारेमा छलफल भएको थियो ।

जिल्ला विपद ब्यवस्थापन समितिको टोली प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना लगायत सुरक्षा निकायका प्रमुखहरु बेथान्चोक गाउँपालिका पुगी अनुगमन गरेको थियो । सोहि अवसरमा गाउँपालिकाले तयार गरेको क्वारेन्टाईन लगायतका बारेमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्