पाटन अस्पताललाई ललितपुर चेम्बरको सहयोग



न्युज अफ नेपाल,ललितपुर ।

ललितपुर चेम्बर अफ कर्मशले पाटन अस्पताललाई १२ सेट पिपिई प्रदान गरेको छ । यश चेम्बर अफ कर्मश ललितपुरका महासचिव सुविन बज्राचार्यले पाटन स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डां विष्णु शर्मालाई सो सामग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा महासचिव बज्राचार्यले कोरोना संक्रमण भईरहेको बेला उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरू सुरक्षा सावधानी अपनाएर बिरामीको उपचार गर्न सकियोस भनेर सो सामग्री प्रदान गरिएको बताउनुभयो ।

यश कार्यमा चेम्बरलाई ललितपुर तयारी पोशाक संघ र कुमारपाटी जावलाखेल व्यापार संघले सहयोग गरेको चेम्बरले जनाएको छ ।सो सामग्री लिनुहुँदै प्रतिष्ठानका निर्देशक डा शर्माले अहिले महामारीको बेला सामाजिक उत्तरदायित्व अन्तर्गत चेम्बर अफ कर्मशले स्वास्थ्यकर्मीहरूका नभई नहुने सामग्री उपलब्ध गराईदिनु भएकोमा चेम्बरलाई धन्यवाद दिनुभयो । यसले स्वास्थ्यकर्मीको मनोबल बढ्ने पनि डा शर्माको विश्वास रहेको छ ।

डा. शर्माका अनुसार अहिले धेरै सेट पिपिई अस्पताललाई चाहिएको छ । “यतिउति संख्या भन्ने नै छैन। धेरै मात्रामा पिपिई आवश्यक छ ” निर्देशक डा. शर्माले भन्नुभयो । अस्पताललाई हालसम्म सनराईज बैंकबाट २० सेट, ललितपुर महानगरपालिकाबाट १० सेट पिपिई प्राप्त भएको प्रतिष्ठानले जनाएको छ ।

कोरोनाको आशंकामा ३ बिरामी  कोरोना रोगको आशंकामा ३ जना बिरामी अस्पतालको आईसोलेसन वार्डमा रहेको डा शर्माले जानकारी दिनुभयो । ती बिरामीहरूलाई परीक्षण गर्न बाँकी छ । अहिलेसम्म कोरोनाको आशंकामा करिब ३० जना बिरामीको स्वास्थ्य परीक्षण भइसकेको र रिपोर्ट नेगेटिभ पाईएको पनि डा शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्