प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल सार्न निर्देशन



विमल विष्ट,डोटी।

कोरोना भाइरस (कोभिड –१९) को त्रासका कारण नेपाल सहित पुरै विश्व त्रसित रहेका बेलामा जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको तत्कालिन सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायल तथा सुदूरपश्मि क्षेत्रीय प्रहरी अस्पताल दिपायल तत्काल सार्न प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौले निर्देशन दिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाइ प्रहरी प्रधान कार्यालयले पत्र पठाएर तत्काल कार्यालय सार्न निर्देशन दिएको निमित्त प्रदेश प्रहरी प्रमुख देवबहादुर बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश कार्यालय र प्रहरी अस्पताल कैलाली सार्नु भन्ने पत्र आएको छ, अदेश अनुसार हामी कार्यालय सार्ने तायारीमा लागेका छौँ ।”

कोरोना भाइरस (कोभिड –१९) को त्रास फैलिइ रहेको बेलामा सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल र कार्यालय सारिनु दुःखद भएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा कोरोनाका त्रास छ, बरु स्वास्थ्यकर्मी थप्नुपर्ने बेलामा भएका कार्यालय र अस्पताल सानु भनेको दुःखद कुरो हो यसमा मेरो घोर आपत्ति छ ।”

प्रहरी हेडक्वाटरले प्रदेश प्रहरी कार्यालय र प्रहरी अस्पताल सार्ने निर्देशन दिएपछि अहिले यहाँका स्थानीयबासी निकै आक्रोसित बनेका छन् । आक्रोसि भएका व्यक्तिहरुले सामाजिक सञ्जाल फेसबुक,टुइटरमा समेत उक्त निर्णयको बिरोध गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले पठाएको उक्त पत्रमा दिपायलमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय तथा प्रहरी अस्पतालमा भएका भवनहरुलाइ अर्को आदेश नभए सम्मका लागि प्रदेश प्रहरी तालिम केन्द्र दिपायललाइ दिनु भन्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्