अत्यावश्यक सेवाको भुक्तानी नरोक्न महालेखाको निर्देशन



न्युज अफ नेपाल, काठमाडौं ।

अत्यावश्यक सेवा तथा वस्तुको भुक्तानी नरोक्न महालेखा नियन्त्रकको कार्यालयले निर्देशन दिएको छ ।

कार्यालयले मंगलबार आफू मातहतका सबै कोष तथा लेखानियन्त्रकका र्यालयहरूलाई यस्तो निर्देशन दिएको हो ।

कार्यालयहरु सञ्चालनमा बाधा नपर्ने गरी आलोपालो मिलाई खुला राख्न कार्यालयले निर्देशन दिएको उपमहालेखा नियन्त्रक निरज केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘लकडाउनको अवधिमा समेत कार्यालय सञ्चालनमा असर नपर्ने गरी व्यवस्थापन मिलाउनू।’

प्रतिक्रिया दिनुहोस्