सिटिजन्स बैंकद्वारा कोरोना रोकथामका लागि ७ वटै प्रदेशलाई ७/७ लाख सहयोग



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सिटिजन्स बैंक इन्टरनेसनलले ४९ लाख रुपियाँ सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत प्रत्येक प्रदेश सरकारअन्तर्गतको कोषमा ७ लाखका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथामतथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्