कोरोना कोषमा राष्ट्र बैंकले १ करोड ४ लाख सहयोग गर्दै



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले खोलेको कोषमा एक करोड चार लाख रुपियाँ सहयोग गर्ने भएको छ । राष्ट्र बैंकका कामु. गभर्नर चिन्तामणी शिवाकोटीले एक/दुई दिनभित्रमा कोषमा रकम हस्तान्तरण गर्न लागिएको न्युज अफ नेपाललाई जानकारी दिनुभयो ।

 

राष्ट्र बैंकका सबै कर्मचारीहरूले सरकारलाई सहयोग गर्न लागेका हुन् । शिवाकोटीले भन्नुभयो–‘हामीले सबै कर्मचारीहरूलाई अनुरोध गरेका छौं, एक दुई दिनभित्रमा कोषमा रकम दिन्छौं ।’ नेपाल राष्ट्र बैंकको ऐन अनुसार कर्मचारीहरूले उक्त सहयोग गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्