कोरोनासँग डराउनेहरु ‘मानसिक रोगी’



लन्डन, (एजेन्सी) ।

विश्वभरि कोरोना भाइरसको डरले सताइरहेको स्थितिमा बेलारसका राष्ट्रपतिले भने धुक्कका साथ आइस हकी खेलेका छन् । बेलारसका राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले मिन्स्क रंगशालामा भरिभराउ दर्शक सामु आइस हकी खेलेका हुन् ।

 

सीएनएनले जनाएअनुसार लुकान्शेन्कोले खेलेर नै भाइरसबाट बच्न सक्ने बताएका थिए । उनले भने—मलाई रोक्ने ? तर किन ? यो संभव छ, तर किन ? मैले बुझ्न सकेको छैन । यहाँ कुनै भाइरसहरु छैनन् । कसैले भाइरस उडेको देखेका छन् त ? मैले त उनीहरुलाई देखेको छैन ।

 

उनले थपे—यो फ्रिज हो, यो स्वास्थ्यका लागि राम्रो हो । खेलभन्दा राम्रो पनि हो र यो फ्रिज भाइरस प्रतिरोधात्मक पनि हो ।

 

लुकाशेन्कोसहित धेरै समर्थकले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को चेतावनीलाई बेवास्ता गरिरहेका छन् । डब्ल्यूएचओले सामाजिक दुरी गरेर कोरोना भाइरस संक्रमित फैलिन नदिने भनेको छ । तर बेलारसका राष्ट्रपतिले आफ्नै टीभी स्टेसन अल नेसनल टीभीमा बताए—घुँडा टेकेर बाँच्नु भन्दा डटेर मर्नु नै जाति हो ।

 

संसारभरि लकडाउन भइरहेको स्थितिमा बेलारसले समूह हिडने भेला हुने जस्ता कुरामा अहिलेसम्म कुनै बन्देज लगाएको छैन । साथै गत फुटबल लिगको खेलमा १७ सय भन्दा बढी समर्थक रंगशालामा उपस्थित थिए । लुकाशेन्कोले डरलाई कम गर्न भनिरहेका छन् । उनले वाशिंगटन पोस्टमा शुक्रबार नै बताएका थिए कि भाइरससँग डराउनेहरु मानसिक रोगी हुन् ।

 

हलसम्म बेलारसमा कोरोना भाइरसकको केस १ सय ५२ वटा भेटिएको छ, तर त्यहाँ कसैको निधन भएको छैन । जोन हप्किन्स विश्वविद्यालयबाट जारी गरेको तथ्यांकअनुसार बेलारसमा कोरोनाले ज्यान लिएको छैन । त्यहाँको जनसंख्या ९५ लाख रहेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्