एकैदिन भेटिए भारतमा दुई सय २७ नयाँ संक्रमित



काठमाडौं ।

भारतमा कोरोना संक्रमण देखिएपछि सबैभन्दा धेरै संक्रमित भेटिएका छन । एक सातादेखि लकडाउनमा रहेको भारतमा दुई सय २७ नयाँ संक्रमित फेला परेका छन् जुन कोरोना संक्रमण देखिपछि एकैदिन भेटिएको सबैभन्दा धेरै संक्रमितको संख्या हो ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दिल्लीमा मात्र २५ नयाँ संक्रमित फेला परेका छन् । भारतकाे २७ राज्यमा फैलिइकाे कोरोना भाइरसको संक्रमितको संख्या एक हजार दुई सय ५१ पुगेको छ भने ३२ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्