लकडाउनका बेला ड्युटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहार, एक पक्राउ



न्युज अफ नेपाल, भक्तपुर ।

भक्तपुरको सूर्यविनायक चोकमा ड्युटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ ।

सुदिप क्षेत्री नाम गरेका एक युवकले लकडाउनका बेला ड्युटीमा रहेका प्रहरी हवल्दार केशरसिह रावतमाथि चक्कु प्रहार गरेका हुन् । मंगलबार बिहान चक्कुसहित सूर्यबिनायक चोकमा पगेका क्षेत्रीले हल्ला गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । सोही क्रममा क्षेत्रीले आफूसँग रहेको चक्कु प्रहरीमाथि प्रहार गरेका थिए । रावतको गालामा चोट लागेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान चलिरहेको प्रहरलिे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्