बलिउड अभिनेता सलमान खानको भाइको निधन



काठमाडाैँ ।

बलिउड अभिनेता सलमान खानको फूपूका छोरा अर्थात सलमानका नाता पर्ने भाइ अब्दुल्ला मिर्जाको निधन भएको छ।  सलमानले सामाजिक सञ्जाल ट्वीट मार्फत एक पोस्ट सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएका हुन्।

उनले आफ्नो र भाइको एक ब्ल्याकिङ ह्वाइट तस्वीर पनि सार्वजनिक गरेका छन्। उनले तस्वीरको क्याप्सनमा लेखेका छन्, तिमीलाई सधै माया गरिरहनेछौँ । अब्दुल्ला सलमानका पिता सलिम खानका बहिनीका छोरा हुन्।

प्रतिक्रिया दिनुहोस्