इजरायलका प्रधानमन्त्री नेतान्याहु पनि कोरोना संक्रमित



Israeli Prime Minister Benjamin Netanyahu gestures as he speaks during a news conference at the State House in Entebbe, Uganda February 3, 2020. REUTERS/Abubaker Lubowa NO RESALES. NO ARCHIVES – RC25TE9MQ37C

इजरायल ।

इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहु कोरोना भाइरस पोजिटिव देखिएको छ । त्यसपछि उनी सेल्फ क्वारान्टाइनमा गएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनपछि उनी दोस्रो सरकार प्रमुख हुन जसमा कोरोनाको पुष्टी भएको छ । बेलायतमा जोनसन, युवराज चाल्र्स र महारानी एलिजावेथ द्वितियमा कोरोना पुष्टि भइसकेको छ । यद्यपी हाल उनीहरु स्वस्थ छन् ।

प्रधानमन्त्री नेतान्याहुले आफनै कार्यालयमा परीक्षण गराएको र नतिजा आएपछि क्वारेन्टाइनमा बस्न गइरहेको जानकारी दिएका थिए । स्वास्थ्य मन्त्रालय र निजि डाक्टरबाट क्लियरेन्स प्राप्त नभएसम्म क्वारेन्टाइनमा रहने उनले बताए । उनका नजिकका सल्लाहकारलाई पनि आइसोलेट गरिएको छ ।

इजरायलमा अहिलेसम्म ४ हजार ३ सय भन्दा धेरैमा यो भाइरसको संक्रमण भेटिसकेको छ र १५जनाले ज्यान पनि गुमाइसकेको छ । इजरायल ती देशहरुमा पर्छ जसले धेरै पहिला नै रोकथामका कदम चाल्न सुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्