भिरकोट नपाका २६ जना होम क्वारेन्टाइनमा, मंगलबारदेखि नगरमा विषादी छरिँदै



भूपराज बस्याल, स्याङ्जा

विश्वभरी महामारीको रुपमा फैलिएको कोरिना भाइरस (कोभिड १९) को सबैतिर उच्च सतर्कताको अपनाएको अवस्थामा स्याङ्जाको भिरकोट नगरपालिकाले पनि बिदेश बाट आएका २६ जनालाई होम क्वारेन्टाइनमा राखेको छ ।

नगरपालिका भित्र २५ सैयाको क्वारेन्टाइन बनाइएको पनि अहिलेसम्म सबै अवस्था सामान्य रहेको हुँदा बिदेश बाट आउने सबैलाई होम क्वारेन्टाइनमा राखिएको मेयर छायाराम खनालले जानकारी दिनुभयो । बिदेश बाट आएका सबैको पुर्ण जानकारी पालिकामा रहेको र बेलाबेलामा पालिकाको टोलिले स्वास्थ चेक गरेको हुँदा सबैको स्वास्थ अवस्था ठिक रहेको खनालले जानकारी दिनुभयो । सबैको स्वास्थ अवस्था ठिक रहेपनी १४ दिनसम्म कोरोनाको संक्रमण देखिन सक्ने हुँदा सरकारले जारी गरेको अवधीभर होम क्वारेन्टाइनमा राखेर सबैको स्वास्थ परिक्षण गरिरहेको पनि उहाँले जानकारी दिनुभयो ।

पालिकामा सबैलाई माइकिङ लगायतबाट यस भाइरस बारे जानकारी गराई सबैलाई सतर्कता अपनाउन लगाइएको छ । त्यसको निगरानीको लागि प्रहरी प्रशासन समेत परिचालन गरिएको मेयर खनालले जानकारी दिनुभयो । लकडाउन हुनभन्दा पहिला बाहिरी जिल्ला बाट आएका नगरवासीहरु भेटघाट लगायतका क्रियाकलाप गरि जम्मा हुन थालेको पछि प्रहरी प्रशासनको सहारामा त्यस्ता क्रियाकलाप पनि बन्द गराइएको हुँदा हाल समग्र नगरपालिकाको अवस्था संतोषजनक रहेको उहाँले बताउनुभयो । गाउँ वा टोलमा कोहि नयाँ ब्यक्ति आयो भने उक्त ब्यक्तिको बारेमा फोन गरेरै जानकारी टोलवासीले दिएको हुँदा नगरपालिका स्वास्थ रहन सबैको सहयोग रहेको खनालले जानकारी दिनुभयो ।

सरकारले गरेको लकडाउन कारण अतिविपन्न वर्ग जो दिनभरि परिश्रम गरेर जिविकोपार्जन गर्दै आएका परिवारहरुको लागि नगरपालिकाले हालको लागि राहत कार्यक्रम ल्याएको खनालले जानकारी दिनुभयो । हालको लागि त्यस्ता परिवार पहिचान गरि प्रति ब्यक्ति पाँच किलो चामल, आधा लिटर तेल, एक किलो नुन र एक किलो दाल दिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । त्यस्ता ब्यक्तिको जानकारी टोल बिकास समितिले लिने र समितिले वडामा जानकारी गर्ने र वडाले नगरपालिकालाई जानकारी गराएपछि राहत वितरण गरिने उहाँले बताउनुभयो दिनुभयो ।

हरेक वडामा विपन्न परिवार पहिचान गरि नगरपालिकाले दैनिकी गुजाराका लागी सामाग्रीहरु वितरण गर्दै आएको र यो लकडाउन अवधिभर त्यस्ता परिवारको लागि नगरपालिकाको सहयोग रहने वडा नम्बर पाँचका अध्यक्ष यम प्रसाद अधिकारी ( लक्ष्मण ) ले जानकारी दिनुभयो । अहिलेसम्म यस वडामा कोहि तत्काल बिदेश बाट नआएको हुँदा होम क्वारेन्टाइनमा राख्न पर्ने अवस्था सिर्जना नभएको पनि उहाँले जानकारी दिनुभयो ।

मंगलबार देखि बिषादी छर्ने तयारी गरेको पालिकाले सबैलाई आफू सुरक्षीत हुन आग्रह गरेको छ । आफू सुरक्षीत भैइयो भने परिवार सुरक्षीत हुन्छ परिवार सुरक्षीत भयो भने टोल सुरक्षीत हुन्छ टोल सुरक्षीत हुनुभनेको नगरपालिका सुरक्षीत हुनु हो । त्यसैले सबैलाई सुरक्षित हुन तर भयभीत नहुन मेयर खनालको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्