क्षेत्रपाटी निःशुल्क चिकित्सालयद्वारा इमरजेन्सी सेवा संचालन



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वभर फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा बढेसँगै काठमाडौंको क्षेत्रपाटीमा रहेको क्षेत्रपाटी निःशुल्क चिकित्सालयले इमरजेन्सी सेवा संचालन गरिरहेको छ ।

कोरोना भाइरसको डरले कतिपय स्वइथ्य संस्थाले आफ्नो सेवा सुविधा ठप्प पारेका अवस्थामा क्षेत्रपाटी निःशुल्क चिकित्सालयले भने इमरजेन्सी कक्षमार्फत बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा आउने बिरामीलाई गेट नजिकै साबुन पानीले हात धुने व्यवस्था गरिुएको छ भने स्यानिटाइजर समेत उपलब्ध गराइन्छ । यस्तै, ज्वरो मापनका लागि थर्मोगनको व्यवस्था समेत गरिएको छ । मास्कको अभावलाई मध्यनजर गर्दै अस्पतालको गेटमा निःशुक्ल मास्क समेत वितरण गरिएको छ ।

अस्पतालका डाक्टर र नर्स समेतले बिरामीको स्वास्थ्य जाँचलामा कुनै प्रकारको हेलचेक्रयाइ नगरेको अस्पताल संचालक समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले बताएका छन् । साथै, अस्पतालमा कार्यरत डाक्टर, नर्स लगायतका अन्य कर्मचारीको स्वास्थ्य सुरक्षामा पनि आफुहरु निकै सतर्क रहेको डा. श्रेष्ठको भनाई छ । स्वास्थ्यकर्मीलाई गुणस्तरीय पिपिइ उपलब्ध गराइएको श्रेष्ठले बताउनुभयो ।

यसका साथै, काठमाडौंवासीलाई कनै प्रकारको स्वास्थ्य समस्या परेका आफुलाई निर्धक्क फोन गर्न डा.श्रेष्ठले आग्रह गरेका छन् ।

सम्पर्कका लागि उपलब्ध नम्बर :

*अध्यक्ष डा. मनोजमान श्रेष्ठ ९८५१२७६८८८

*नाक, कान, घाँटी ९८५१०१७५३७, ९८४१४८२४६९

*आँखा ९८४१२२६६४४, ९८५१०४३१८४

*बालरोग ९८४१२०३४४५, ९८४१३९९३९०

*सर्जरी ९८६४२९७८५९

*हाडजोर्नी तथा नशा ९८४३०२८२३७, ९८४१२५४७०९

*स्त्री रोग ९८४१२२१४७६, ९८०८०९४७८०

*दाँत ९८४१२३००९५

*फिजिसियन ९८४१४७५२३८

*मधुमेह तथा थाइराईड ९८१८४१४११०

प्रतिक्रिया दिनुहोस्