भक्तपुरमा महिलाको विभत्स हत्या, टाउको नभएको अवस्थामा शव भेटियो



पुष्कर बुढाथोकी, भक्तपुर।

सुर्यबिनायक नगरपालिका अन्तर्गत बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा आज एक महिलाको टाउको नभएको शव भेटिएको छ ।

गठ्ठाघरको नागरिक अस्पताल पछाडिबाट फलामे पुलतर्फ जाने हनुमन्ते करिडोर निर्माण भईरहेको खोलामा करिब २८ देखि ३० वर्ष उमेरकी निलो सुरुवाल र टिसर्ट लगाएको एक महिलाको बिभत्स अबस्थामा घाटी काटेर फ्याकिएको शव भेटिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान बताउनुभयो ।

प्रधानले घट्नास्थलको अबस्था हेर्दा अन्य ठाउँमा हत्या गरि यहाँ ल्याएर फ्याकेको हुनसक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अनुमान लगाउन सकिने बताउदै उहाँले पोष्ट मार्टमको रिपोर्ट आएपछि मात्रै घट्नाकोबारेमा बिस्तृत भन्न सकिने जानकारी दिनुभयो ।

शव कस्को हो भन्ने पहिचान हुन नसकेको जानकारी दिदै प्रहरीले शव पहिचान गर्न र बिभिन्न कोणबाट अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिनुभयो । शवलाई साँझ परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्