दुई दिनभित्र मजदुरको विवरण पठाउन निर्देशन



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाले मातहतका वडाहरुलाई दैनिक ज्यालादारी गरी जीवननिर्वाह गर्ने श्रमिकहरुको विवरण दुई दिन भित्र महानगरपालिकामा पठाउन निर्देशन दिएको छ ।

ललितपुर महानगरपालिकाद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ , ‘महानगरपालिकाको प्रत्येक वडाका अध्यक्ष र सदस्यलाई त्यस्ता व्यक्ति र परिवारको विवरण चैत १९ गते दिन १२ बजे भित्र बुझाउन अनुरोध गरिन्छ ।’

त्यसैगरी वडावासीलाई आ-आफ्ना वडा अध्यक्ष र सदस्यसँग सम्पर्क गरी विवरण संकलन गर्ने काममा सहयोग गर्न समेत विज्ञप्तिमा उल्लेख छ ।

कोरानो भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकारले गरेको लकडाउनको निर्णयका कारण दैनिक ज्यालादारी गर्नेहरुलाई जीविको पार्जन गर्न कठिन भएको छ । त्यस्ता श्रमिकलाई लकडाउनका कारण जीवन धान्न अप्ठ्यारो नपरोस् भनेर महानगरपालिको उक्त विवरण संकलन गर्न लागेको जनाइएको छ । विवरण प्राप्त भएपछि त्यस्ता श्रमिकलाई राहत प्रदान गरिनेछ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्