मध्यविन्दुमा १ सय १० क्वारेन्टाइनमा



घनश्याम बगाले, नवलपरासी ।

देशकै मध्यभाग मध्यविन्दु नगरपालिकाले आफ्नो नगरमा १ सय १० जना क्वारेन्टाईनमा रहेको जनाएको छ ।

पन्ध्र वटा वडा रहेको मध्यविन्दुमा भारत, दुबई, जापान लगायत विभिन्न देशबाट आएका स्थानीयहरु यही चैत १० देखि क्वारेन्टाईनमा बस्दै आएका हुन् ।

नगरपालिकाका जनस्वास्थ्य अधिकृत माधव प्रसाद पोखरेलका अनुसार क्वारेन्टाईनमा ९६ जना भारतबाट फर्किएका मानिस रहेकाछन् ।
यसरी नै दुबईका ६, जापानका २, मलेसिया २, कुवेत १, कतार १, रोमानिया १ र ओमनका १ जना क्वारेन्टाईनमा बसेकाछन् ।

यही चैत ६ गते एयर अरेवियाबाट आएका पूर्वी नवलपरासीका ५ जना मध्ये २ जना मध्यविन्दुकै क्वारेन्टाईनमा राखिएकोमा १ जनालाई सोमबार कोरोना अस्पताल भरतपुर पठाएको बुझिएको छ ।

क्वारेन्टाईनमा बसेका अन्य सवैको अवस्था सामान्य रहेको मध्यविन्दु नगरपालिकाका प्रशासन प्रमुख विकास नरसिंह राणाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्