गभर्नर छनोट गर्न समिति गठन, सदस्य बेखबर



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीको लागि सरकारले तीन सदस्यीय छनोट समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैंठकले गर्भनर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो ।

अर्थमन्त्री डा युवराज खतिवडाको संयोजकत्वमा गठित सो समितिको सदस्यमा पुर्वगभर्नर बिजयनाथ भट्टराई र पुर्वअर्थ सचिव कृष्णहरी बास्कोटा रहेका छन् ।

राष्ट्र बैंक ऐनले बहालवाला गभर्नर अवकाश हुनु एक महिनाअघि नयाँ गभर्नर नियुक्तीको सिफारिस सरकार सामु गर्न समिति गठन गर्नुपर्ने व्यवस्था गरेको छ । तर पुर्व गभर्नर डा। चिरञ्जीवि नेपाल गभर्नरपदबाट अवकास भएको ५ दिन पछिमात्र गर्भनर नियुक्तिका लागि सिफारिस समिति गठन भएको हो ।

छनोट समिति गठन गरेको भनिएपनि समितिका सदस्यहरू भने यसबारे बेखबर रहेका छन् । समितिका सदस्य कृष्णहरी बास्कोटाले आफूले सञ्चारमाध्यमबाटै हल्ला सुनेको बताउ“दै आधिकारिक कुरा के हो थाहा नभएकोे बताउनुभयो । उहा“ले नेपाल समाचारपत्रस“ग कुरा गर्दै भन्नुभयो–‘तपाईंहरूबाटै मैले हल्ला सुनिरहेको छु, हल्ला सुन्दा कतैकतै हो कि जस्तो लाग्छ, तर आधिकारिक जानकारी आएको छैन ।’
यस्तै समितिका अर्का सदस्य पूर्वगभर्नर विजय भट्टराईले भने अर्थमन्त्री खतिवडाले आफूलाई फोन सम्पर्क गरेर जानकारी गराएको केही सञ्चारमाध्यमलाई बताउनुभएको खबर छापिएको छ । यद्यपी , उहा“ले पनि आधिकारिक पत्र नआएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्