खिजीदेम्बा गाउँपालिकामा विदेशबाट आएका ९ जना होम क्वारेन्टाइनमा



लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा विभिन्न देशबाट आएको पहिचान भएका ९ जना गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा नबसि होम क्वारेन्टाईनमा बसेका छन । अन्यत्र देशबाट आएका पहिचान भएका नागरिकहरु ५ जना छिमेकी देश भारतबाट आएका, २ जना जापानबाट र २ जना बहराईनबाट आएका रहेका छन । भारतबाट आउने २ जना खिजीदेम्बा ७ का रहेको र उनिहरुक्रम शकविराज बस्नेत र मोहनबहादुर बस्नेत रहेको गाउँपालिकाले जनाएको छ ।

यसै गरि भारत बाट आउने अन्य ३ जना खिजीदेम्बा ८ का रहेका पहिचान भएको छ । जस्मा राजेन्द्ध कार्की, तोप बहादुर बस्नेत र पेम्बा शेर्पा रहेका छन । यसै गरि बहराईनबाट आएकामा खिजीदेम्बा ४ का ठाकुर बहादुर सुनुवार र खिजीदेम्बा ६ का कोपिला तामाङ रहेका छन । यसै गरि जापानबाट आउने २ जना माखिजीदेम्बा ६ का डम्बर तामाङ र खिजीदेम्बा ६ कै अन्जु श्रेष्ठ रहेका छन ।

खिजीदेम्बा गाउँपालिकाले कोरोना भाइरसबाट गाउँपालिकाबासीलाई जोगाउन उच्च सतर्कता अपनाउदै बैदेशिक रोजगारीबाट आएकाहरुलाई राख्न पालिका भरि ४९ बेडको क्वारेन्टाई निर्माण गरेको छ । बैदेशिक रोजगारीबाट आएकाहरुलाई प्रथमिकतामा राखेर निर्माण गरिएको क्वारेन्टाईनमा बैदेशिक रोजगारीबाट आएकाहरु नै नबस्दा सबै क्म्वारेन्टाईनहरु खाली रहेका छन ।

बैदेशिक रोजगारबाट आएकाहरु क्वारेन्टाईनमा नबसेर होम क्वारेन्टाईनमै बसे पनि उच्च सर्तकताका साथ रहेका र आफुहरुले पनि उहाहरुलाई दैनिक रुपमा सम्पर्क गरि चेतना मुलक जानकारी गराई रहेको खिजीदेम्बा गाउँपालिका स्वास्थ्य प्रमुख ईन्द्ध प्रसाद गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्