कोभिड १९ नियन्त्रणका लागि चाहिने सामाग्री सातै प्रदेश पुग्दै



भगवती तिमल्सिना  काठमाडौँ । 

नेपाल सरकारले कोभिड १९ नियन्त्रण गर्न चीनबाट ल्याएका सामाग्री सोमवारबाट सातै प्रदेशमा वितरण सुरु गरेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देश महेन्द्र प्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशको सुर्खेतमा सेनाको हेलिकप्टर मार्फत सामान पुगिसकेको छ । सोही हेलिकप्टेरले सुदुरपश्चिम प्रदेशको धनगढी पनि सामान लैजादै छ ।

श्रेष्ठका अनुसार कर्णली र सुदुुर पश्चिम बाहेक हेलिकप्टरबाट विराटनगर पनि सामान गइसकेको छ । अन्य प्रदेश भने सोमवार नै स्थलमार्गबाट सामान लिएर गाडी हिडीसकेका छन् ।

सरकारले सातै प्रदेशमा ल्याव संचालन गरेर त्यही कोविड १९ को परिक्षण गर्ने तयारी समेत गरेको छ । प्रदेश स्तरमा रहेका अस्पतालहरुका ल्याव स्तरवृद्धि गरी संचालन सम्भाव्यताको लागि ल्याव विज्ञहरुको टोली पनि पठाइसकिएको स्वास्थ्य मन्त्रीका स्वास्थ्य विज्ञ डा खेम कार्कीले जानकारी गराउनुभयो । प्रदेशका ल्यावको स्तर वृद्धी संगै चिनबाट ल्याइएका प्रोटेवल पिसिआर मेसिन पनि व्याकअपकोलागि पठाइने उहाँले जानकारी गराउनुभयो ।

प्रदेश पठाइएका सामाग्रीहरु : 

१. पिपिइ १/१ हजार थान

२. सर्जीकल माक्स १०/१० हजार थान

३. ग्लोव्स २/२ हजार थान

४. एन ९५ माक्स १/१ हजार थान

थप सामाग्रि गाडीबाट जादै गरेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२०७६।१२।१७

प्रतिक्रिया दिनुहोस्