दुर्घटनामा परी दुई भारतीयको घटनास्थलमै मृत्यु



न्युज अफ नेपाल, ललितपुर ।

ललितपुरको बाग्मती गाउँपालिका–३ स्थित भट्टेडाँडाको झाँक्री डाँडामा सडक दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

ज्यान जानेहरुमा भारतीय नागरीक भारत मोतिहारी घर भई हाल चापागाउँ बस्दै आएको मुकेश गुप्ता र सन्तोष महतो रहेका छन् ।

उनीहरु साइकल चढेर भारत जाँदै गर्दा कान्तिलोकपथको झाँक्रीडाँडा खण्डमा सोमबार बिहान दुर्घटनामा परेको महानगरिय प्रहरी वृत्त चापागाउँका प्रमुख कृष्णराज ओझाले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्