धुलिखेल अस्पतालमा कोरोना आशंकामा ५ भर्ना, दुईको रिपोर्ट ‘नेगेटिभ’, बाँकी परिक्षण हुँदै



मोतीराम तिमल्सिना, काभ्रे

धुलिखेल अस्पतालमा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका गरी पाँच जना विरामीहरु कोरोना संक्रमणको आशंकामा भर्ना भएका छन् । भर्ना भएका मध्ये एक जना रिपोर्ट नेगेटिभ आए लगत्तै डिस्चार्ज भएका छन् भने बाँकी चारजना उपचारार्थ छन् ।

कोरोना रोकथाम, नियन्त्रण र ब्यवस्थापन गर्न गठिन कमाण्ड पोष्टका सदस्य सचिव डा. नरेन्द्र झाका अनुसार धुलिखेल अस्पतालमा सोमबार दिउसोसम्म पाँच जना विरामीहरु कोरोनाको लक्षणसँग मिल्दोजुल्दो भएका कारण भर्ना हुन आएका हुन् । ति मध्ये पहिलो विरामी उपचार पछि घर फर्किएका छन् । जसको रिपोर्ट नेगेटिभ आएको छ । दोश्रो विरामी पनि काभ्रेपलाञ्चोक जिल्लाबाटै धुलिखेल अस्पताल आईपुगेका थिए । उनको छोरा केहि दिन बैदेशिक रोजगारबाट फर्किएकाले कोरोना आशंकामा बाबुलाई ज्वरो लगायत अन्य लक्षण देखिए पछि अस्पताल ल्याईएको थियो । उनको रिपोर्ट पनि नेगेटिभ आएको छ । अस्पतालमा उपचारार्थ उनी केहि दिन देखि ज्वरोकै कारण भर्ना भएका थिए ।

काभ्रेपलाञ्चोक जिल्लाकै अर्का ब्यक्ति आईतबार अस्पतालमा आफै भर्ना हुन पुगेका छन् । उनि फागुन ३० गते बैदेशिक रोजगारबाट फर्किएका हुन् । कोरोनासँग लक्षण मिल्दोजुल्दो भएकाले संक्रमण भए नभएको पुष्टी गर्न अस्पताल भर्ना भएको उहाँले बताउनुभयो ।

उहाँको रिपोर्ट आज साँझसम्म आईपुग्ने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले बताउनु भयो । त्यस्तै सोमबार दिउसोसम्म सिन्धुपाल्चोक जिल्ला र काभ्रेपलाञ्चोक जिल्लाबाट एक/एक जना विरामीहरु भर्ना भएका छन् । भर्ना भएका दुबै जना फागुन महिनाको अन्तिम साता भारतको सिलगुढी हुँदै नेपाल आईपुगेका थिए । दुबैमा एकै खालको लक्षण देखापरेपछि अस्पताल पठाईएको हो । दुबै जनाको स्वाब परिक्षणका लागि टेकु पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्