पाटन अस्पतालमा कोरोना आशंका गरिएका एकको मृत्यु, रिपोर्ट आउन बाँकी



न्युज अफ नेपाल, काठमाडौँ ।

लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा भर्ना भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ खनियाँवास घर भएका ३५ वर्षीय युवक रहेका छन् ।

आज मृत्य भएका उनमा कोरोना संक्रमण हनसक्ने आशंका गरिएको छ । उनी चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । कोरोना संक्रमण भएको आशंका गरिएका उनको स्याम्पल परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको छ । रिपोर्ट अएपछि मात्र उनको मृत्युको कारण बताउन सकिने अस्पतालले जनाएको छ ।

पाटन अस्पतालको आइसोलेनमा अहिले ३ जना कोरोना आशंका गरिएका बिरामी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्