वीर अस्पतालमा मृत्यु भएका दुईको कोरोना परीक्षणका लागि स्याम्पल पठाइयो



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको वीर अस्पतालमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक युवती र एक यवक रहेका छन् ।

बिरामी युवतीलाई आइतबार अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । उनमा ज्वरो र निमोनिया देखिएको थियो । यस्तै, मृत्य भएका युवकलाई आज बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।

दुवै जनाको मृत्युको कारण भने खुल्न सकेको छैन । कोरोना परीक्षणका लागि उनीहरुको स्याम्पल टेकु अस्पतालमा पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

मृत युवक केहीदिन अघि मात्रै भारतबाट आएका थिए ।

प्रतिक्रिया दिनुहोस्