एनआरएनए नेदरल्यान्ड्स द्वारा नेपालीहरूलाई सहयोग गर्न आग्रह



द्रोण रिजाल, नेदरल्यान्ड्स ।

 

गैरआवासीय नेपाली संघ नेदरल्यान्ड्सले शनिबार आकस्मिक अनलाइन बैठकबाट सचेत भइ घरभित्र बस्न नेपाली समुदायलाई विशेष अनुरोध गर्दै नेपालमा रहेका नेपालीहरूको स्वास्थ्यको कामना सहित संघ मार्फत सहयोगको लागि अपित गरेको छ । विश्वभरी फैलिएको मानबिय विनासकारी कोरोना भाइरसले जनजीवन अस्तव्यस्त बनाइरहेको अवस्थामा नेदरल्यान्ड्समा पनि बढ्दो गतिमा रहेकाले संघका अध्यक्ष राम कंडेलले आकस्मिक अनलाइन बैठक बसेको बताए ।

 

नेदरल्यान्ड्समा रहेका नेपालीहरुको अवस्था र भैपरी आउने संकटकालीन अवस्थालाई मध्य नजर गर्दै एनआरएनए नेदरल्यान्ड्सले गर्न सक्ने सम्पुर्ण भूमिकाको बिषयमा गम्भिर छलफल गरेको अध्यक्ष कडेलले भने बैठकमा विभिन्न समिति निर्माणहरू समेत बनाईएको समेत उहाँले दावी गरेका छन् ।

 

बैठकले समाजमा भएका अगुवाहरूको नेतृत्वमा फणिन्द्र पन्तको संयोजकत्वमा आकस्मिक स्वास्थ्य सम्बन्धि सहयोग, सम्पर्क समन्वय सहजीकरणका तथा स्वास्थ्य सम्बन्धि सहयोग समितिमा संघर्षशील केसी, आकस्मिक सम्पर्क समन्वय र सहयोग समिति र विषम परिस्थितिमा नेदरल्यान्ड्स सरकारले बनाएका नीति तथा नियम र वित्तीय सहयोग एवम् सुचना अध्यावधिक गर्दै ब्यबसाहिक र कामदारहरुलाई प्राबिधिक र प्रक्रियागत सहयोग गर्ने उदेश्यले शशी पौडेलको संयोजकत्वमा ब्यापारिक परामर्श समिति गठन गरेको छ ।

 

यस्तै संघले संघर्षशील केशी को संयोजकत्वमा आर्थिक श्रोत परिचालन र वितरण समिति गठन गरेको छ भने संघले यस विषम परिस्थितिमा नेपालमा रहेका नेपालीहरूको सहयोगका लागि नेपाल सरकारले लगाएको लकडाउन बाट दैनिक गुजारा चलाउन मुस्किल हुने समुदायहरुका लागि र कोरोना भाइरस बाट संक्रमितहरुको उपचारमा केहि सहयोग पुगोस भन्ने उदेश्यका साथ एनआरएन्ए केन्द्रको आकस्मिक कोषमा नेपाली रुपैया तिन लाख (२२८५ युरो ) पठाइसकेको जनाएको छ ।

 

कोरोनाले विश्व त्रसित भएको परिस्थितिमा एक नेपालीले अर्को नेपाली लाई सहयोग गर्न र सचेत भै सजक रहन आग्रह गर्दै घरभित्र बसेर कानुन पालना गरिदिन विशेष अनुरोध समेत गरिएको छ । (कोभिन १९) भाइरसबाट नेदरल्यान्ड्समा हाल सम्म १० हजार ८सय ६६ संक्रमित छन् भने ७ सय ७१ जनाको मृत्यु भएको छ। नेदरल्याण्डसमा अहिले सम्म सबै नेपालीहरू सुरक्षित रहेका छन् । नेदरल्याण्डका विभिन्न शहरहरूमा गरी करिब २५ सयको हाराहारीमा नेपालीहरू विभिन्न पेशागरी बस्दै आएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्