कोरोनाको बहानामा थाइ राजाको मस्ती



बैंकक (एजेन्सी)

 

थाइल्यान्डका राजा महा वजिरोलोंगकोर्णले कोरोना संकटका कारण आफना सेवक सहित जर्मनीको अल्पाइट रिसोर्ट स्थित एक विलासी होटलमा आफुलाई आइसोलेट गरेका छन् । राजा वजिरालोंगकोर्णले होटल ग्य्रान्ड होटल सोन्नेबिचल पुरै बुक गरेको बताइएको छ । यसका लागि उनले डिस्ट्र्कि काउन्सिलबाट विशेष अनुमति पनि लिएको जनाइएको छ । राजा महा सन् २०१६ मा आफनो पिताको मृत्यु पछि गद्दीमा छन् ।

 

जर्मन अखबार बिल्डको अनुसार ६७ बर्षिय राजासँग उनको आइसोलेसनमा २० महिला र ठुलो संख्यामा नोकर हुनेछ । तर राजासँग उनकी ४ पत्नी छन् वा छैनन् भन्ने विषयमा स्पष्ट गरिएको छैन ।

 

कोरोना भाइरसको कहर देखेर उक्त इलाकाका सबै होटल तथा गेस्ट हाउस बन्द गर्ने आदेश दिइसकेको छ । यद्यपी डिस्ट्र्कि काउन्सिलले ग्राहक एक्लै भएको र एउटै समुह भएकोले उनलाई अनुमति दिएको जानकारी दिएको छ ।

 

यसबीच राजाले परिवारका १ सय १९ जनालाई कोरोनाबाट संक्रमित भएको आशंकामा थाइल्यान्ड फिर्ता पठाइ दिएको बताइएको छ । यसबीच राजाले कोरोना संकटलाई छोडेर विदेश भागेकोमा देशका नागरिकहरुमा आक्रोस फैलिएकोछ । ठुलो संख्यामा सामाजिक सन्जालमा राजाको आलोचना भइरहेको छ ।

 

थाइल्यान्डमा राजाको आलोचना गरेमा १५ बर्ष सम्मको जेल सजायँ हुन सक्छ । थाइल्यान्डमा , हामीलाई राजाको किन आवश्यक, ट्र्ेन्ड भइरहेको छ । १२ लाख भन्दा धेरैले विगत २४ घन्टामा ट्विट गरेका छन् ।

 

थाइल्यान्डमा कोरोना भाइरसको संक्रमण १ हजार २ सय ४५ मा देखिएको छ ।

फ्रान्समा निर्वासनमा रहेका मानवअधिकार कार्यकर्ता सोमसाक जेअमातिरसकुलले फेसबुकमा न्यास्रो मेटाउन राजा महा पहिल स्विजरल्यान्ड गएको र त्यसपछि जर्मनी घुमिरहेको पोस्ट गरेका थिए । थाइल्यान्डका राजा गत फेब्रुअरी देखि देश बाहिर छन् ।

 

प्रतिक्रिया दिनुहोस्