कोरोना संक्रमित पहिलो व्यक्ति पेसेन्ट जिरोको नालिबेली



वुहान, न्ययोर्क, लन्डन (एजेन्सी) ।

विश्वभरी कहर बनिरहेको कोरोनाभाइरसको पहिलो संक्रमित एक महिला हुन् । ५७ बर्षिय ती महिला चीनको वुहानमा झिंगेमाछा बेच्थिन् । वेइ गुसियान नामक ती विरामीलाई पेसेन्ट जिरो भन्ने गरिएको छ ।

 

पेसेन्ट जिरो त्यो विरामी हो जसमा सबैभन्दा पहिला कुनै नयाँ रोगको लक्षण देखिएको हुन्छ । करिब एक महिनाको उपचारपछि ती महिला पुर्ण स्वस्थ भइसकेकी छन् ।

 

द वाल स्ट्रिट जर्नलले ती महिला गत बर्ष डिसेम्बर १० मा वुहान स्थित हुआनैन सी फुड मार्कटमा झिँगेमाछा बेचिरहेको बेला संक्रमित भएको जनाएको छ । त्यतिबेला उनले एक सार्वजनिक शौचालयको पनि प्रयोग गरेको थियो । त्यसपछि उनलाई रुघाखोकीले समातेको थियो ।

 

डिसेम्बर ३१ मा वुहान म्युनिसिपल हेल्थ कमिसनले सबैभन्दा पहिला ती महिलाको नाम सार्वजनिक गरेको थियो । वेइ ती २७ जना विरामीमा पर्थे, जो सबैभन्दा पहिला कोरोनाभाइरस संक्रमित पाएका थिए ।

 

ती २७ विरामीमध्य २४ जना सिधै त्यही सीफुड मार्केटबाट संक्रमित भएका थिए, जहा ती महिला माछा बेच्थिन् । यद्यपी पछि यस विषयमा विरोधाषपुर्ण समाचारहरु पनि आए, जसमा चीन सरकारले पेसेन्ट जिरो फेला परिसकेको कुरालाई खारेज गरेका थिए ।

 

तर सबैभन्दा पहिलो रिपोर्ट भएको सन्दर्भमा वेइलाई नै पेसेन्ट जिरो मानिरहेको छ । तर चीन सरकारले यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक बयान दिएको छैन ।

 

यसबीच चिनियाँ अखबार ग्लोबल मिडियाले यो भाइरस अमेरिकी सैन्य प्रयोगशालमा विकसित गरिहउको र गत बर्ष अक्टोबरमा वुहानमा भएको वल्र्ड मिल्ट्री गेम्सका क्रममा साइक्लिस्ट माजाट्जे बेनासी कोरोना भाइरसको श्रोत भएको दावी गरयो । त्यसपछि चीन र अमेरिकाबीच भाइसरको उदगमलाई लिएर वाकयुद्ध सुरुभयो ।

 

चीनको न्युज वेबसाइट द पेपरको समाचारका आधारमा यी महिला पेसेन्ट जिरो भएको समाचार विश्वभरीका सन्चारमाध्यममा चर्चा भइसकेको थियो ।

बेलायतको द मिरर, सिडनीको न्युज डट अष्टे्र्लिया लगायत अन्य प्रमुख सन्चार माध्यमहरुले पनि ती महिलालाई पेसेन्ट जिरो भएको समाचार दिएका थिए ।

सबैभन्दा पहिल मार्च ६ मा द वालस्ट्रिट जर्नलले आफनो खोज पत्रकारिताको समाचारमा वेइ गुसियानको नाम छापिएको थियो । द वाल स्ट्रिटका पत्रकार जेरमी पेज, वेझिंग फेन र नतासा खानको यो खोज सामाग्रीमा चीनको गल्तीहरुबाट पर्दा उठाइएको थियो ।

 

वुहानका संदिग्ध पेसेन्ट जिरोको खोज गर्दै यी तीनैजनाले यस मामिलामा चीनका नेताहरुको ब्यवहारमा पनि प्रश्नचिह्न उठाएका थिए । त्यसपछि कोरोनाभाइरस यति तिब्र गतिमा फैलियो, जसले पेसेन्ट जिरोको तर्फबाट मानिसहरुको ध्यान अन्यत्र भड्क्यो । मार्च २७ मा युरोपका कयौं न्युज वेबसाइटले चीनको सुत्रलाई उदृत गर्दै ती महिला नै पेसेन्ट जिरो भएको दावी गरे ।

 

पेसेन्ट जिरोको बयान

 

महिला वेइ गुसियानले भनिन् ( मलाई सँधै जसो चिसो मौसममा रुघाखोकी हुने गर्छ । डिसेम्बर १० मा जब त्यसतो भयो, मैले त्यसरी नै लिएँ । मलाई अलि बढी थकाई लाग्न थाल्यो, तर त्यो त्यति धेरै पनि थिएन, जति अघिल्लो बर्ष भएको थियो । म त्यही दिन नजिकको एक क्लिनिकमा गएँ र औषधी खाएपछि फेरी मार्केटमै आफनो काममा लागेँ । मेरो स्थिति विग्रन थाल्या र मैले वुहानको द इलेवेन्थ हस्पितलमा देखाएँ । त्यहाँ पनि मेरो रोग पत्ता लागेन र मलाई औषधीहरु मात्र दिइयो ।

 

२१ दिनपछि पत्ता लाग्यो कोरोना

५ दिनपछि उनी अचेत अवस्थामा पुगिन् र डिसेम्बर १६ मा वुहान युनियन हस्पिटलमा महिलाको विस्तृत जाँच गरियो । डाक्टरहरुले उनको रोगलाई निर्मम भएको र अन्य कयौंमामा पनि उसको जस्तो लक्षण देखिएको बताए । चिनियाँ प्रशासनले उनलाई डिसेम्बरको अन्त्यतिर क्वारेन्टाइनमा राखे त्यसपछि पहिलो पटक वुहानको उक्त सीफुड मार्केट र कोरोनाभाइरसको सम्बन्ध बाहिर आयो ।

 

डिसेम्बर ३१ मा पहिलोपट महिलाको रोगलाई कोरोना भाइरस संक्रमण भनियो । गझियान आफैले पनि सम्बभवत बाँकी ब्यापारीले पनि प्रयोग गरिने सार्वजनिक सौचालयबाटै आफुलाई संक्रमण भएको हुन सक्ने बताइन् । सन् २०२० जनवरीमा उनी पुर्ण रुपमा ठीक पनि भइन् ।

 

प्रतिवेदन अनुसार चिनियाँ सरकारले सन् २०१९ मा कोरोनाभाइरस संक्रमित २ सय ६६ जनाको पहिचान गरिसकेको थियो । उक्त महिलाको सम्पर्कमा आएपछि उनकी छोरी, उनकी भान्जी र उनका पतिपनि कोरोना पोजिटिव भइसकेका थिए । ती बाहेक उक्त सीफुड मार्केटमा अन्य कयौं ब्यापारी पनि महिलाको सम्पर्कमा आएपछि संक्रमित भए । द वाल स्ट्रिट जर्नलसँगको कुराकानीमा पेसेन्ट जिरोले भने, यदि चिनियाँ सरकारले समयमा कदम चालेको भए मृत्यु हुनेको संख्या कम हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्