राष्ट्रपतिको सल्लाह भोड्का पिउनु रोगसँग लड्नु



लन्डन, (एजेन्सी)

विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण विश्वका हरेक खेल स्थगित भएको स्थिति छ । यस्तो भयानक अवस्थामा पनि एउटा देशमा खेललाई जारी गरेको छ । बेलारसियन प्रिमियर लिग फुटबल चलेको छ । यसमा घरेलुसहित केही विदेशी समर्थकको समेत उपस्थित रहेका थिए ।

 

प्राय धेरैजसो युरोपियन देशहरुमा त्यहाँका नागरिक क्वारेन्टाइनमा बसिरहेका छन् । लकडाउन गरिरहेको अवस्था छ तर बेलारसका राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले उनका नागरिकलाई भोड्का पिउनु रोगसँग लड्न सल्लाह दिएका छन् ।

 

बेलारस फुटबल महासंघका प्रवक्ता एलेक्साडर एलीनीकले बताए कि खेल खेलाउन सावधानी अपनाएको थियो । उनले भने–हामीले खेल मन्त्रालयद्वारा दिइएको सावधानी अपनाएका थियौं, सबै समर्थकलाई हामीले पन्जा दिएका थियौं ।

 

शनिबार बेलारसको राजधानीमा ६ वटा शीर्ष खेल भए, जसमध्य एफसी मिनस्क र डिनामो मिन्स्कबीचको डार्बी खेलमा ३ हजार दर्शक उपस्थित रहेको जनाएको थियो । सो खेलमा डिनामो ३–२ ले पराजित भएको थियो ।

 

बेलारसमा अहिलेसम्म १ सय भन्दा कम कोरोना भाइरस संक्रमितको संख्या भेटिएको छ । ९५ लाख जनसंख्या रहेको सो राष्ट्रमा सो भाइरसबाट कोेही पनि नमरेको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्