कोरोनाले अमेरिकामा पहिलो बच्चाको मृत्यु



वासिंगटन (एजेन्सी) ।

कोरोना भाइरस महामारीले अमेरिकामा पहिलो पटक एक नवजातको मृत्यु भएको छ । अमेरिकाको शिकागोमा यस महामारीबाट संक्रमित ती बच्चाको मृत्यु भएको हो । शिशुको वास्तविक उमेर खुलाइएको छैन । विश्वमा यो पहिलो घटना भएको स्वास्थ्य विभागले दावी गरेको छ ।

 

यसैहप्ताको शुरुआतमा नेसविलामा दुई महिनाको एक बच्चा कोरोना भाइरसबाट संक्रमित भएको सन्चार माध्यमले जनाएको थियो । तर यस रोगबाट मर्ने यो सबैभन्दा कम उमेरका अमेरिकी बच्चा भएको जनाइएको छ ।

 

बच्चाको मृत्युलाई लिएर अन्य कयौं दावी भइरहेको छ । केही दिन अघि न्यु इग्ल्यान्ड जर्नलमा चिनिया शोधकर्ताको एक लेख प्रकाशित भएको थियो , जसमा १० महिनाका एक बच्चाको मृत्यु भएको उल्लेख गरिएको थियो । अस्पतालमा भर्ना भएको ४ हप्तापछि उनको मृत्यु भएको उल्लेख गरिएको थियो ।

 

संक्रमणका कारण बच्चाको अंगहरुले काम गर्न छोडेका थिए । प्रेस सम्मेलनमा गभर्नर जेबी प्रित्जकरले भने- ‘बच्चालाई २४ घन्टा अघि कोरोनाभाइरसको संक्रमण भएको थियो । उनको मृत्युको समाचारले मलाई विछिप्त बनायो । उनको मृत्युको सम्पुण जाँच भइरहेको छ ।’

 

एउटा शिशुको मृत्यु कति दुखदायी हुनसक्छ आफुलाई थाहा भएको उल्लेख करिब एक बर्ष सम्म बच्चा भएकोमा खुसी भइरहेको परिवारका लागि यो अत्यन्तै दुखदायी समय भएको उनले बताए ।

 

अमेरिकी स्वास्थ्य निर्देशक नेगोजी एजिकले पनि यसलाई पहिलो घटना भएको बताए । विश्व महामारीको रुप लिइरहेको कोरोनाभाइरसले अहिलेसम्म कुनै नवजातको मृत्यु भएको घटना बाहिर नआएको उनले बताए ।

 

यद्यपी पेरिसको इले द फ्रान्स इलाकामा एक १६ बर्षकी एक किशोरीको मृत्यु कोरोना भाइरसबाट भएको फ्रान्सका स्वास्थ्य अधिकारी जेरोम सोलोमनले बताए । युवाहरुमा कोरोना भाइरस संक्रमण दुर्लभ भएको तर जसमा संक्रमण देखिए उनीहरुको स्थिति गम्भीर हुने गरेको उनले बताए ।

 

शोध अनुसार चीनमा तीन महिनामा कोरोना भाइरसबाट २ हजार १ सय बच्चा संक्रमित भएका थिए तर मृत्यु एक बच्चाको मात्र भएको थियो । उनी १४ बर्षकी थिइन् । अध्ययनमा संक्रमित मध्य ६ प्रतिशत बच्चा गम्भीर रुपमा विरामी भए ।

 

कोरोना भाइरसले बृद्ध, शारीरिक रुपमा कमजोर र अन्य रोगबाट ग्रसित रोगिहरुलाई धेरै प्रभावित पार्ने गरेको छ । किनभने उनीहरुको रोग प्रतिरोध क्षमता कम हुन्छ र उनीहरु यो भाइरससँग लड्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्