स्पेन राजकुमारीको कोरोनाबाट मृत्यु



मेड्र्डि ।

स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । यस विश्वब्यापी महामारीबाट मृत्यु हुने मारिया विश्वमा शाही परिवारका पहिलो सदस्य हुन् । ८६ बर्षिय राजकुमारी मारिया स्पेनका राजा फेलिप छैंठोका काका तर्फकी दिदी हुन् ।

 

राजकुमारी मारियाका भाइ राजकुमार सिक्टो एनरिक डी बोरबोनले फेसबुकमा राजकुमारीको निधन भएको जानकारी दिए । राजकुमारी मारियाको फ्रान्सको राजधानी पेरिसमा निधन भएको राजकुमार सिक्टोले बताए ।

 

राजकुमारी मारियाको निधनपछि स्पेनका राजा फिलिपको कोरोना जाँच गरिएको छ । उनको जाँचमा नेगेटिव आएको छ । सन् १९३३ जुलाइ २८ मा जन्मेकी राजकुमारी मारियाले फ्रान्समा शिक्षा हासिल गरेकी थिइन् । त्यसपछि उनी पेरिस विश्वविद्यालयमा प्रोफेसर बनेकी थिइन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्