कोरोना कहर : जर्मनको हेसेन राज्यका अर्थमन्त्रीले गरे गुडिरहेको रेलबाट हाम फालेर आत्महत्या



दिपेन्द्र गजुरेल,स्पेन ।

जर्मनीका हेसेन राज्यका अर्थमन्त्री थोमस स्याफरले कोरोना भाईरस ९कोभिड–१९० को कारण आत्महत्या गरेका छन । फ्रान्कफार्ट नजिकैको बिसबादेन शहरमा द्रुतगतिमा रहेको रेलको लिगमा हामफालेर आत्महत्या गरेको स्थानीय समाचारपत्रहरूले जनाएका छन् ।

द बिल्ड पत्रिकाका अनुसार कोरोना क्राईसिसमा जनताको आवश्यक्ता पूरा गर्न सक्छु कि सक्दिनँ भनेर उनी सधैं चिन्तित बन्ने गरेको कुरा उनका नजिकका सहकर्मीहरूले बताउने गरेका छन्।

तिब्र रूपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक क्राईसिसको तनाव उत्पन्न हुने भएका कारणले उनले आत्महत्या गरेको हुनसक्ने त्यहाँको प्रहरीहरुले उल्लेख गरेको छ ।

हेसेन मध्य जर्मनीको १४ राज्यहरू मध्ये एक राज्य हो। हेसेनको राजधानी बिसबाडेन हो भने हेसेन संघीय जर्मनीको सबैभन्दा ठूलो व्यापारिक शहर फ्यांकफर्ट अन्तर्गत रहेको छ । ५४ बर्षीय मंत्री थोमस जर्मन चान्सलर एन्जेला मार्केलको पार्टी सीडीयु पार्टीका नेता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्