घरधनीलाई एक महिनाको भाडा छुट गर्न सरकारको आग्रह



न्युज अफ नेपाल, काठमाडौँ ।

घरधनीलाई १ महिनाको घरभाडा मिनाह गर्न सरकारले आग्रह गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो आग्रह गरेको हो । कोरोन भाइरसको संक्रमण फैलिने त्रास बढेसँगै सिंगो देश लकडाउन भएपछि आर्थिकमा ठूलो प्रभाव परेको छ । मानिसहरुले जीवन गुजाराका लागि गर्दै आएको कामलाई निरन्तरता दिन पाएका छैनन् । घर भाडामा बस्नेहरुलाई सहयोग गर्न अपिल गर्दै बैठकले एक महिनाको घरभाडा मिनाह गर्न आग्रह गरेको हो ।

यस्तै, घरभाडा मिनाहा गर्नेको घर बाहाल कर नलिने सरकारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्