इटलीबाट फर्किएका धर्मगुरुको कोरोनाबाट मृत्यु, दर्जनौं भक्तजन संक्रमित



एजेन्सी ।

कोरोना संक्रमणका कारण उत्तरी भारतमा एक सिख धर्मगुरुको निधन भएको छ । मृत्य हुनेमा ७० वर्षका धर्मगुरु बलदेव सिंह रहेका छन् ।

सिंह इटली र जर्मनको भ्रमणपछि भारत फर्किएका थिए । भ्रमणबाट फर्किएका उनी क्वारेन्टाइनमा नबसी पञ्चावका दर्जनौं गाउँमा डुलेका थिए । सो क्रममा कम्तिमा १५ हजार जनता उनको सम्पर्कमा आएका थिए । सिंहलाको कोरोना संक्रमणका कारण निधन भएको थाहा पाएपछि उनीसँग सम्पर्कमा रहेका सबै जना अतालिएका छन् । प्रहरीले उनी डुलेका गाउँ पहिचान गरेर कडाई गर्न थालेपछि घटना सार्वजनिक भएको हो ।

भारतीय संचारमाध्यमका अनसार भारतमा २१ दिने लकडाउन सुरु हुनअघि नै उक्त गाउँमा लकडाउन गरिएको थियो । ती धर्मगुरुको सम्पर्कमा रहेका १९ व्यक्तिमा कोरोना संक्रमण देखिइसकेको स्थानीय प्रहरीले जनाएको छ । त्यस्तै, २ सय बढी व्यक्तिको परीक्षण नतिजा आउन बाँकी छ ।

क्यानडा बस्ने एक चर्चित पञ्जावी गायक सिद्धु मोसेवालाले सिंहको मृत्युबारे गीत नै बनाएका छन् । पञ्जावका प्रहरीले सो गीतलाई चेतावनीका रुपमा सुन्न स्थानीयलाई सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्