कोरोना संक्रमणको छिटो परिक्षण हुने किट तयार



नयाँदिल्ली ,एजेन्सी । 

भारतले कोरोना भाइरस जाँच गर्ने उपकरणको विकास गरेको छ । यस टेस्टिंग किटको मद्दतबाट कोविड १९ का विरामीको पुष्टि चाँडो हुने दावी गरिएको छ । भारत निर्मित पहिलो कोरोना भाइरस परीक्षण उपकरण बजारमा आइसकको छ । पुणे स्थित माइल्याब डिस्कवरी भारतको पहिलो त्यसतो फर्म हो जसले टेस्टिंग किट तयार गर्न र त्यसलाई विक्री गर्न अनुमति प्राप्त भएको छ ।

एक महिला भाइरोलोजिस्टले आफनो बच्चालाई जन्म दिनु भन्दा केही घन्टा अघिसम्म लगातार काम गरी उक्त विधि तयार गरेकी थिइन् । यसैहप्ता पुणे, मुम्बई, दिल्ली गोआ र बेंगलुरुमा आफनो १५० टेस्ट किटको पहिलो खेप कम्पनीले पठाइसकेको छ । माइल्याब डिस्कवरीका मेडिकल सम्बन्धी निर्देशक डाक्टर गौतम वानखेडेले भने – हाम्रो उत्पादन साखामा यो सप्ताहन्तमा पनि काम भइरहेको छ । अर्को खेप सोमबार पठाउने छौं ।

माइल्याबको प्रत्यक किटबाट १ सय नमुनाको जाँच हुन सक्छ । यो किटको मुल्य १ हजार २ सय भारतिय रुपैया रहेको छ । यो अन्य देशको ४ हजार ५ सय मुल्यका टेस्टिंग किटको तुलनामा निक्कै सस्तो छ ।

कम्पनीका रिसर्च तथा डेवलपमेन्ट प्रमुख भाइरोलोजिस्ट मिनल देखावे भोसलेले भने ( हाम्रो किट कोरोना भाइरस संक्रमणको जाँच ढाई घन्टामा गर्न सक्छ , जबकी विदेशबाट आउने किटले जाँच गर्न ६, ७ घन्टा लगाउन्छ ।

मिनल त्यो टोलीका प्रमुख हुन जसले कोरोना भाइरसको जाँच किट अर्थाथा पाथो डिटेक्ट तयार गरेको हो, त्योपनि अत्यन्तै कम समयमा । यस प्रकारका किट तयार गर्न सामन्यतया ३ देखि ४ महिनाको समय लाग्छ । तर यो टोलीले ६ हप्ताको किर्तिमान समयमा यसलाई तयार गरे ।

प्रतिक्रिया दिनुहोस्