चैतमा तिर्नुपर्ने कर्जा असारमा बुझाए हुने, समयमै बुझाउनेलाई ब्याजमा १० प्रतिशत छुट



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले कर्जादातालाई सहुलियत घोषणा गरेको छ ।

कोरोना भाइरसको संक्रमणसँगै अर्थतन्त्रमा पर्न गएको असरलाई मध्यनजर गर्दैे चैतमा बुझाउनु पर्ने कर्जा असार मसान्तसम्ममा तिर्दा हुने राष्ट्र बैंकले जनाएको छ । देशभर लकडाउन गरिएका कारण कर्जा भुक्तानी गर्न असहज परिस्थिति भएकाले बैंकले सो निर्णय गरेको हो ।

तर, कसैले चैत महिनामा नै कर्जा तिर्न चाहे ब्याजमा १० प्रतिशत छुट पाउने व्यवस्था पनि रहेको छ । यस्तै, राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी सो क्षेत्रमा पुनः विशेष प्याकेज ल्याउनका साथसाथै पुर्नकर्जा कोष ६० अर्बको पुर्‍याउने र पुनर्कर्जा सुविधा बढाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्