लकडाउनका लागि मोदीले माफी मागे



नयाँदिल्ली, (एजेन्सी) ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लक डाउनका कारण करोडौं जनताले कठिनाई ब्यहोर्नु परेको कारण आइतवार क्षमयाचना गरेका छन् ।

कोरोना भाइरसको सन्त्रासको कारण यसरी अचानक सट डाउन गरिँदा योजना तथा तयारीको अभाब भएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । सरकारले चार घन्टा भन्दा कम समय अगाडि मात्र लक डाउनको सुचना प्रवाह गरेको थियो । भारतको कूल १ अर्व ३० करोड जनत मध्ये अधिकांश भेका र बेरोजगार रहेका छन् ।

लक डाउनपछि लाखौं आन्तरिक आप्रवासी श्रमिक सयौं किलोमिटर दूरी हिंडेर आफ्नो गाउँ जना बाध्य भएका छन् । रेडियो मार्फत राष्ट्रलाई साप्ताहिक सम्बोधन गर्ने क्रममा मोदीले सबैलाई अनिवार्य रुपमा घर घरमा बस्न लगाउँदा जीवन शैलीमा परेको कठिन असर प्रति क्ष्मायाचना गरेका हुन् । तर उनले कोरोना महामारी फैलिन रोक्न यो बाहेक अरु कुनै उपाय नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्