बिरुवा गापाका २७ जना होम क्वारेन्टाइनमा, स्वास्थ्यकर्मीका लागि पीपीई अभाव



भूपराज बस्याल, स्याङ्जा ।

स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका विभिन्न देश बाट आएका २७ जना होम क्वारेन्टाइन राखिएको गाउँपालिका अध्यक्ष चुन प्रसाद पोख्रेलले जानकारी दिनुभयो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड १९) को उच्च सतर्कताका लागि बिदेश बाट आएको १४ दिनसम्म क्वारेन्टाइन बस्नुपर्ने सरकारले गरेको आह्वान स्वरुप उहाँहरुलाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष पोख्रेलले बताउनुभयो ।

आठ वटा वडा रहेको पालिकामा सबै वडामा क्वारेन्टाइनको ब्यबस्था मिलाइएको पनि उहाँले जानकारी दिनुभयो । सबै वडामा क्वारेन्टाइनको ब्यबस्था गरेको भएपनि अहिलेसम्म सबै होम क्वारेन्टाइनमा बसेको उहाँले बताउनुभयो । अहिलेसम्म सबैको अवस्था सामान्य रहेको हुँदा आठ वडामा स्थापना गरिएको ४४ वटा क्वारेन्टाइनमा कसैलाई राख्ने अवस्था सिर्जना नभएको उहाँको भनाइ छ । होम क्वारेन्टाइनमा रहेकाहरुलाई घर घरमा गएर सम्झाउने माकिङ गर्ने लगायतका काम गरिरहेको हुँदा बिदेशवाट आएर होम क्वारेन्टाइनमा बसेकाहरुलाई स्वास्थ परामर्श गर्न गाउँ गाउँ हिडेको स्वास्थकर्मी लाई पिपिइको अभाव हुँदा स्वास्थ क्षेत्रमा खटिन कठिनाइ भएको अध्यक्ष पोख्रेलले गुनासो गर्नु भयो ।

गाउँपालिकामा अहिलेसम्म कसैलाई कोरोनाको लक्षण देखिएको हुँदा त्रसित नहुन तर सजकता अपनाउन र बिदेशी बाट आएका सबैलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न पालिकावासी सबैलाई उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्