थप ८ दिन लम्बियो लकडाउन



न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले लकडाउन अझै ८ दिन लम्ब्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिनका लागि लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकलेले अझैँ केही साता लकडाउन थप्ने निर्णय मन्त्रिपरिषदमा पठाएको थियो ।

यसअघि सरकारले कोरोना भाइरसको महामारी फैलिने संकेत देखिएसँगै चैत ११ देखि १८ गतेसम्मका लागि सिंगो नेपाल लकडाउन गरेको थियो । देशका विभिन्न ठाउँमा कोरोना संक्रमित भेटिएसँगै लकडाउन थप आठ दिनका लागि लम्ब्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्