कोरोना : स्पेनमा ६ हजार ५२८ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण स्पेनमा ६ हजार ५२८ जनाको मृत्यु भइसकेको छ ।

स्पेनको स्वास्थ्य मन्त्रालयले हालै जारी गरेको तथ्यांक अनुसार ७८ हजार ७९७ जना संक्रमित रहेका छन् । यस्तै, ४३ हजार ३९७ जनाको उपचार भइरहेको छ भने ४ हजार ९०७ जना सघन उपचार कक्षामा उपचाररत छन् ।

संक्रमित मध्ये १४ हजार ७०९ जना सफल उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्