स्विडेनमा नो लकडाउन



स्टकहोम,एजेन्सी।

कोरोना भाइरस सन्त्रासका कारण युरोपका जनता लक डाउनमा बसेका बेला युरोपकै एउटा मुलुक स्विडेनका जनतालाइृ भने लकडाउनले छोएको छैन । सरकारले पनि त्यहाँको जनजीवन सामन्य ढंगले नै चलाउने अनुमति दिइरहेको छ । त्यसको प्रमुख कारण भने निकै रोचक छ ।

लामो जाडो याम सकेर बल्ल घाम लाग्न थालेकाले अहिले त्यहाँका जनता खुल्ला स्थानमा रमाउँदै घाम ताप्न व्यस्त रहेका छन् । मानिसहरु आफ्ना परिवारका साथ राजधानी स्टकहोमको म्यारियाटोर्गेट स्क्वायरको भाइकिंग गड थोरको विशाल मुर्तिको फेदमा बसेर रमाउँदै आइसक्रिम खाइरहेका देखिन्छन् भने युवायुवतीहरु सडकका फुटपाथम बसिरहेका र हिंडिरहेका देखिन्छन् । अझैपनि स्विडेनका सम्पूर्ण नाइट क्लब खोलिएका छन् ।

तर आइतवार देखि लागु हुने गरी सरकारले बल्ल पचास जना भन्दा बढि व्यक्ति एकै स्थानमा जम्मा नहुन सुचना जारी गरेको छ । स्विडेनको छिमेकी मुलुक डेनमार्कमा १० जना भन्दा बढि भेला हुन नपाउने भएको छ भने वेलायतमा घरबाहिरका कोहिसंग कसैले भेट्न नपाउने स्थिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्