कोरोना भाईरसका लागि स्वास्थ्य मन्त्रालयद्वारा सूचना सहितको वेबसाईट सार्वजनिक



भगवती तिमल्सिना,काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा भएका अस्पताल, क्वारेन्टाईन, आईसुलेसन लगायत, आफु बसेको नजिकै कुन कुन सुविधा भएको अस्पताल र चिकित्सक छन भन्ने बारेमा जानकारी गराउने उदेश्यले स्वास्थ्य मन्त्रालयले जारी गरेका हरेक सूचना सहितको वेभसाईड covid19.mohp.gov.np  सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले लाइभ कार्यक्रम मार्फत जानकारी गराउँदै भन्नुभयो—आज सार्वजनिक गरिएको याप्सलाई इन्टरयाक्टिभ प्रोग्रामको नाम दिएको छ । यो याप्समा स्वास्थ्य आपतकालिन केन्द्रबाट जानकारी गराउने छौं । यो याप्समा उपलब्ध सूचनाका आधारमा कोरोना लागेको आफैले सो मूल्यांकन गर्न मदत पुग्ने पनि विश्वास गरिएको छ ।

साथै विश्वव्यापी रुपमा आम नागरिक, स्वास्थ्यकर्मी, सहयोगी, सुभचिन्तक सबैले अफनत्वको भावले यसलाई अझ राम्रो सेवामूलक सुचना प्रवाह गर्ने माध्यमका रुपमा अपनाउन सक्नुहुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालय भित्रै राज्यमन्त्री, सचिव, विभागीय प्रमुखहरुलाई राखी वेभसाईडको पेज लाईभ कार्यक्रम मार्फत क्लिक गरेर उद्घाटन गर्नुभयो । मन्त्री ढकालले लाईभ मै भन्नुभयो—कोरोना भाईरसको विरुद्ध सावधानीपूर्वक व्यवस्थित गर्दै अघि बढेका छौ । हाल सम्म ५ जनामा कोरोना देखिएको छ ।

नेपालमै बसेकामा संक्रमित भएको पाईएको छैन । विदेश जानेलाई क्वारेन्टाइनमा राख्ने र ७ वटै प्रदेशमा ल्याब राख्ने योजना छ । जोखिममा रहनुभएका बिरामीको ल्याब परिक्षण गराउने अभियानमा लागेका छौ । खुशीको कुरा आजबाट अभाव भएका सामग्री प्राप्त भएका छन ।

हाम्रो उदेश्य राज्यको अभियानमा स्वास्थ्य मन्त्रालयले सामेल हुने र व्यक्तिहरुले रिपोर्ट बुझाउने । सम्बन्धित व्यक्तिलाई उपचारमा ल्याउने र उपचार गर्ने उदेश्यले यो एप्स निमार्ण गरेका छौ । यो एप्स निमार्ण गर्ने प्राविधिकहरुले कोरोना निर्मूलका लागि सहयोग गर्नुभएकोमा आभार प्रकट गर्न चाहन्छु ।

यो यप्स व्यवहारमा जाँदा कतिपय कुराहरु परिमार्जन गर्दै जानुपर्यो भने पनि तयार छौ । महाअभियानमा आ आफ्नो ठाउँबाट योगदान गर्नुहुन हार्दिक आभार व्यक्त गर्दछु मन्त्री ढकालले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्