कोरोना भाईरस भएर निको भएकाको प्लाज्मा नै कोरोनाको औषधि कसरी हुन्छ ?



भगवती तिमल्सिना, काठमाडौं ।

विश्वभर ठूलो स्वास्थ्य समस्याका रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) ले यतिबेला निकै ठूलो संकट निम्त्याएको छ । विश्वमै आर्थिक संकट सृजना भैसकेको अवस्था छ । रोगको प्रकृति हेर्दा फुसको घरमा आगो लागे जत्तिकै छिटो रफ्तारमा फैलिने खालको भएका कारण यसको पहिचान र रोकथाम विश्वकै लागि चुनौतिको बिषय बनेको छ ।

 

यसै बिषयलाई लिई अमेरिकाको क्यालिफोर्निया राज्यको शान्ता मारियामा रहेको हार्डिडाईग्नोस्टिक्स् कम्पनीले चीनको हेनानको ज्याङजाओमा रहेको अटोबायो डाइग्नोष्टिक्स्सँगको सहकार्यमा निर्माण गरिएको ल्याब परिक्षण किट मगाउने तयारी पुरा गरिसकेको छ ।

 

अमेरिकाको उक्त कम्पनीले चीनबाट उक्त किट मगाउनका लागि अमेरिकी सरकारसँग स्वीकृति समेत लिई सकेको यहि मार्च २७ मा क्यालिफोर्नियाबाट प्रकाशित शान्ता बारबारा इन्डिपेन्डेन्ट साप्ताहिक पत्रिकामा उल्लेख गरिएको छ ।

कोरोना भाईरस १५ मिनेटमा कसरी पत्ता लगाउने ?

यो किटको माध्यमबाट परिक्षण गर्दा १५ मिनेटमा कोरोना भाईरस भए नभएको प्रमाणित हुने छ । यसका लागि क्यालिफोर्निया र चीनका बीच सहकार्य भै किट बनाईएको शान्ता बारबारामा उल्लेख गरिएको छ ।

 

यो किटले कोरोना भाईरस कोभिड १९ को संक्रमण भएनभएको छिटो भन्दा छिटो पत्ता लगाउने उल्लेख गरिएको छ । यो किटको माध्यमबाट सुगर परिक्षण गरे जस्तै गरि औलाको टुप्पाबाट आवश्यकता अनुसारको एकथोपा रगत निकालेर परिक्षण गर्ने हो । यसलाई फिल्ड टेष्ट भनिन्छ ।

 

यसले औंलाको टुप्पामा सानो पिनले घोचेर रगत निकालिन्छ र टेस्टिङ क्यासेट राखी परिक्षण गरिन्छ । यो अत्यन्तै छिटो हुनुका साथै सजिलो र सुरक्षित पनि हुने जनाईएको छ ।

 

यो परिक्षणबाट कोरोना संक्रमण भर्खरै लागेको अवस्था, एक हप्ता भैसकेको र लागेर पनि निको भैसकेको समेत पत्ता लगाउन मदत गर्छ । यो विधिबाट परिक्षण गर्दा माथिका तिनै अवस्थाको छुट्टा छुट्टै परिणाम आउने भएकाले उपचारमा समेत सजिलो हुन्छ ।

 

यसरी परिक्षण गर्नाले अनावश्यक मान्छेलाई क्वारेनटाइनमा राख्नुपनि पर्दैन र बंशाणुगत अनुसन्धान ( पिसीआर) अत्यन्तै कम मान्छेमा मात्र गर्नुपर्ने हुन्छ । यो अवस्थालाई पूर्णरुपमा लागु गर्नका लागि पिसीआर परिक्षण तथा अनुसन्धान गरि प्रमाणित समेत गर्नुपर्ने हुन्छ । बिरामीको अवस्था हेरी के गर्ने के नगर्ने भन्ने बारेमा अध्ययन अनुसन्धानका आधारमा चिकित्सकले सल्लाह दिनु अनिवार्य हुन्छ ।

 

कुन अवस्था हो भनेर कसरी पत्ता लाग्छ ?

१) पहिलो अवस्थाः कोरोना भाईरसको शुरुको अवस्था हुँदा मानिसको शरिरमा इम्यूनोग्लोबुलिन एम (आई.जी. एम ) एनटीबडी शरिरमा धेरै हुन्छ र शरिर भित्रको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता रोगसँग लड्दा लड्दै अत्यधिक खर्च भैरहेको हुन्छ र आईजी एम एनटीबडी देखिन्छ ।

२) दोस्रो अवस्थाः इम्यूनोग्लोबुलिन जी (आई.जी.जी.) बढी सकृय हुन्छ भने आईजीएम कम हुन्छ । यसले प्रोटिनलाई काम गर्न दिँदैन ।

३) तेस्रो अवस्थाः कोरोना भाईरसको संक्रमण भएर पनि बाहिर नदेखिएको जो मान्छे सुसुप्त छ त्यो व्यक्तिमा आईजीजी मात्र हुन्छ । यो अवस्थाको मान्छेको शरिरमा रोगसँग लड्ने क्षमताले जितेको (एनटी बडीले जितेको) मानिन्छ । संक्रमण भएको बिरामीमा प्रोटिनलाई निस्किृय बनाउछ तर पनि तेस्रो अवस्थामा फेला परेका बिरामीको शक्तिकै कारण प्रोटिन सुरक्षित हुन्छ ।

 

यो किटको माध्यमबाट परिक्षण गर्दा धेरै मान्छेहरुलाई एकैपटक परिक्षण गरी रोग पहिचानका साथै उपचार विधि अपनाउनलाई समेत सजिलो पर्छ । यो परिक्षण त्यति धेरै खर्चिलो पनि नभएको र अमेरिकी एक डलर बराबरको खर्चमा परिक्षण हुन्छ । यो एउटा किटमा ५० जनालाई छुट्टाछुट्ै परिक्षण गर्न मिल्ने उपकरण हुन्छ र परिक्षण गर्न सकिन्छ ।

 

यो प्रविधिको चीनले भने परिक्षण गरि बिरामीमा प्रयोग समेत गरिसकेको र त्यही कारणले छिटो कोरोना भाईरस नियन्त्रणमा लिन सकेको जनाएको छ । यो रोग सन् २०१९ मा देखिएकाले कोभिड १९ भनिएको हो । यो रोगलाई कोरोना भाईरस अर्थाता कोभिड १९ भनिए पनि वास्तविक नाम भने सार्स कोभिड २ भएको पनि उल्लेख गरिएको छ ।

क्यालीफोर्नियाले एकदुई साताभित्रै ३ हजार किट ल्याउने तयारी गरिरहेको जीन यामामुराले मार्च २७ तारिखमा शान्तबारबारामा लेख्नुभएको लेखमा उल्लेख गरिएकोछ ।

link:https://www.independent.com/2020/03/27/hardy-diagnostics-test-detects-covid-19-in-15-minutes/

 

कन्भेलेसेन्ट प्लाज्मा ?

यस्तो मान्छेको कन्भेलेसेन्ट प्लाज्मा (एनटीबढी) रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढी हुने हुन्छ । अन्य रोग नलागेको कोरोनाको संक्रमण तेस्रो अवस्थामा प्रमाणित भएको व्यक्तिको प्लाजा कोरोना संक्रमणको पहिलो र दोस्रो स्टेजमा रहेका बिरामीलाई प्रत्यारोपण गरेको खण्डमा कोरोना भाईरस निको हुने बिषयमा पनि अमेरिकन एशोसियसन अफ ब्लड बैंक ट्रान्सिफ्यूजन सेन्टर ट्रान्स्फ्यिूज ट्रान्समिटेड डिजिज कमीटी इन्टरनल मेडिसिनका डाक्टर लुईस काटजसँग डा जो चाफीनले पोड्काष्टमा मार्च १६ मा बताएका थिए । तर यो बिषयमा थप अनुसन्धान गर्नभने बाँकीनै रहेको बताएका थिए ।

 

उनले बिरामीको रोग निको पार्नलाई रोग लागेर रोग निको भएका मान्छेको प्लाज्मा दिएर पनि सहज बनाउन सकिन्छ कि भन्ने बारेमा पनि खोज अनुसन्धान गर्नुपर्ने बताएका थिए ।

 

कोरोना भाईरस निको भएका व्यक्तिको प्लाज्मालाई गम्भिर अवस्थामा उपचार गराईरहेका कोरोना भाईरस संक्रमित व्यक्तिमा परिक्षण गर्न सकिने स्वीकृति अमेरिकन खाद्य तथा औषधि नियन्त्रण विभागले यहि मार्च २४ मा दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्