कोरोनाले बजारमा कन्डमको अभाव



क्लालालम्पुर (एजेन्सी) ।

प्राण घातक नोवल कोरोना भाइरसको सक्रमण विश्वब्यापी फैलिने क्रममा मानिसहरुले संक्रमणबाट बच्न घर भित्रै बस्ने क्रममा आफुलाई आवश्यक पर्ने सामानहरु केही समयसम्म पुग्ने गरी थुपारे ।

 

स्यानिटाइजर, ट्वाइलेट पेपर, मास्क लगायत औषधी तथा खाद्यान्नहरु भन्डार गर्ने क्रममा बजारमा ती सामानहरुको कृतिम अभाव पनि देखिए । सँधै भरीभराउ हुने पसल तथा मलहरु खाली देखिए । यो महासंकटको समयमा विश्वभरी कन्डमको माग पनि ब्यापक बढेको छ तर बजारबाट भने यो हराउने क्रममा छ ।

 

विश्वमा अहिले करिब ४ अर्ब मानिस लकडाउनको स्थितिमा घरभित्र थुनिन बाध्य भइरहेका छन् । यसैबीच विश्वको कन्डम उत्पादन गर्ने सबैभन्दा ठुलो कम्पनीले भाइरस संक्रमण फैलिन नदिन लकडाउनको घोषणाले उत्पादन ठप्प भएको जानकारी दिए ।

 

विश्वमा प्रत्यक पाँचौ कन्डम मलेसियाको कम्पनी कोरेक्स बीएचडीले बनाउँछ । कोरेक्सले विगत १० दिनदेखि मलेसिया स्थित आफना ३ कारखानबाट एउटा पनि कन्डम बनाएको छैन । डेलिमेलको समाचार अनुसार मलेसिया सरकारको लकडाउनका कारण ती कारखानाहरु बन्द गर्न आदेश दिएको हो । यसले विश्व बजारमा १० करोड कन्डम कम हुन गयो । ती कन्डमको आपुर्ति विश्वभरी हुने गथ्र्यो ।

 

कोरेक्स कम्पनीका सीईओ गोह मिया काइटले यस सम्बन्धमा भने ( हामी कन्डमको विश्वब्यापी अभावको सामना गर्न गइरहेका छौं, जुन अत्यन्तै डरलाग्दो हुन सक्छ । मेरो चिन्दा विश्वभरी कयौं यसता मानविय कार्यक्रम भइरहेका छन, तर कन्डमको यो अभाव आगामी केही हप्ता वा महिनाका लागि नभई कयौं महिना सम्म रहन सक्छ ।

 

कन्डमको अभावसँगै माग पनि बढीरहेको भएपनि यसले कोरोना संक्रमण फैलिन रोक्ने भने होइन ।

 

दक्षिण पुर्व एसियामा मलेसिया कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित ट र यहाँ कोरोना भाइरसको संक्रमणका २ हजार १ सय ६१ संक्रमित पुष्टि भइसकेका छन् । यस संक्रमणबाट २६ जनाको मृत्यु भइसकेको छ ।

 

मलेसियामा १४ अप्रिल देखि लडडाउन लागु गरिएको छ । कन्डम बनाउने दास्रो सबैभन्दा ठुलो देश चीन हो, जहाँबाट कोरोना भाइरस संक्रमणको सुरुआत भएको थियो । यहाँ पनि कारखानाहरु बन्द छन् । भारत र थाइल्यान्डमा पनि कन्डम बनाउने कारखानाहरु छन् तर यहाँ पनि भाइरसको प्रसार तिब्र भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्