लकडाउन खोलेपछि हुबेइमा हिँसात्मक झडप



बेइजिंग (एजेन्सी) ।

चीनमा कोरोनाको केन्द्र मानिएको हुबेइ प्रान्तमा केही हिँसात्मक घटना भइरहेको समाचार बाहिर आएको छ । उक्त प्रान्तबाट मानिसहरु बाहिर जान चाहिरहेका छन् । ठूलो संख्यामा हुबेइबाट बाहिर जाने क्रममा भिड र जामको स्थिति उत्पन्न भएपछि नियन्त्रणका क्रममा उक्त हिँसा भएको बताइएको छ ।

 

चीनले हुबेइमा लकडाउनको स्थितिमा खुकुलो बनाइसकेकोछ । क्यानाडाको अखबार द ग्लोब एन्ड मेलले चिनियाँ सामाजिक सन्जाल वेबसाइटमा राखिएका केहि भिडियो फुटेजका आधारमा हुबेईको छिमेकी प्रान्त जियांग्सी जोड्ने पुलमा हिँसा भएको जनाएको छ ।

 

अनलाईन भिडियोमा भारी संख्यामा पुलमा उपस्थित भिड बन्द गरिएको ढोका खोल्न चिच्याइरहेको देखिन्थ्यो । प्रहरीका केही गाडीहरु पनि पल्टाइदिएको थियो ।

 

हिँसा फैलिएपछि अधिकारीहरुले पुलमा प्रहरी तैनाथ गरेको र हुबेइबाट जियांग्सी जाने प्रवेशमार्ग बन्द गरेको थियो । हुबेइमा काम गर्दै आइरहेका एक ब्यक्तीले अन्तरवार्तामा उक्त झडप साँझ तीन बजे देखि ६ बजेको बीचमा भएको बताए ।

 

उक्त हिँसात्मक घटना नागरिकलाई अगाडी जान रोक लगाउँदै मार्ग बन्द गरिएको पुलको बीचमा भएको हुआंगले बताए । एक एप्समा पुलको निर्माणका लागि दुबै तर्फबाट बन्द गरिएको जानकारी दिइएको थियो । वेबसाइट विबोमा चीनको सरकारी माध्यमले पुलमा भएको झडप खेदजनक भएको उल्लेख गरेको छ ।

 

सरकारको आधिकारिक निति अनुसार वुहान बाहिरका कोही पनि ब्यक्ती यदि स्वस्थ हो भने बुधबारबाट उनीहरु देशको कुनै पनि ठाउँमा जान सक्छ ।

 

सरकारले रेल सेवा पुन शुरु गरिसकेको छ । लामो दुरीका बस सेवा पनि सन्चालनमा ल्याइसकेको छ र शुक्रबारसम्ममा सबै राजमार्ग पनि खोलिसकेको छ ।

 

गत हप्ता हुबेइमा कोरोना संक्रमणको १ मात्र घटना अगाडी आएको थियो । हुबेइमा अहिलेसम्म करिब ६८ हजार संक्रमित देखिएकोमा ३ हजार १ सय ७४ को मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्