छाडेन कोरोना संक्रमणले बेलायतकी महारानीलाई पनि



एजेन्सी ।

बेलायतकी महारानी एलिजाबेथलाई पनि कोरोना भाइरसको संक्रमण भएको बेलायती अखबार द इन्डिपेन्डेन्टले पुष्टि गरेको छ। ९३ वर्षीया एलिजाबेथमा कोरोनाको प्रारम्भिक लक्षण देखिएको तर उनको स्वास्थ्य अवस्था भने सामान्य र स्थिर रहेको बेलायती अखबार द इन्डिपेन्डेन्टका अनुसार बकिंघम प्यालेसले यसको पुष्टि गरेको हो ।

अहिले उनी विन्डसर क्यासलमा सेल्फ आइसोलेसनमा छिन्। यसअघि बेलायतका राजकुमार, प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीलाई पनि कोरोना संक्रमण भएको समाचार सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्